नयाँ वर्ष लक्षित फेवा तालमा डुंगा प्रतियोगिता, तस्बिरहरु
_HPo7qWBMmM.jpg)
पोखरा । पोखरामा जारी २५ औं पोखरा सडक महोत्सवमा तेस्रो दिन डुंगा खियाउने प्रतियोगिता सम्पन्न भएको छ ।
रेष्टुरेन्ट तथा बार एशोसिएशन नेपाल (रेवान)को आयोजनामा भएको प्रतियोगिताको खुल्ला तर्फको प्रतिष्पर्धामा स्विमङपुल घाट ए विजयी भयो भने गौरीघाट तथा बाराही घाट क्रमशः दोस्रो र तेस्रो भए । विजयी टोलीले २० हजार नगद पुरस्कार जित्यो भने दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
यसैगरी संस्थागत तर्फको प्रतिष्पर्धामा टान गण्डकी प्रथम भयो भने रेवान पोखरा दोस्रो हुँदा नेपाल टुरिजम भ्यान एशोसिएसनले तेस्रो स्थान हासिल गर्यो । उनीहरुलाई रेवान पोखराका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई, पोखरा महानगरपालिका वडा नम्बर ६ का पूर्वअध्यक्ष हरि पहारी तथा कार्यक्रम संयोजक विरेन्द्र लामा लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यस्तै वेटर रेसमा बेन्जन रेष्टुरेन्टका रेशम बहादुर अर्याल प्रथम हुँदा चिल्ली बारका सुनिल गुरुङ दोस्रो भए भने बेन्जनकै सौरण ठकुरीले तेस्रो स्थान हासिल गरे । उनीहरुले क्रमशः १०, ७ तथा ५ हजार नगद पुरस्कार हात पारे । वेटेर्सतर्फ बेन्जनकै मोनिका नेपाली र माया घले प्रथम र दोस्रो हुँदा बेलिफकी रश्मी तिहारी तेस्रो भइन् । उनीहरुले क्रमशः ७, ५ तथा ३ हजार नगद पुरस्कार जिते । उनीहरुलाई आयोजक कोकाकोला कम्पनीका प्रतिनिधि र रेवान खराका पूर्वअध्यक्ष बलराम पहारी लगायतकाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
सडकमै खाऔँ सडकमै रमाऔँ भन्ने नारासहितको यो महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको उत्साहजनक सहभागिता रहेको छ ।
मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक