कविता
सरकारी बाको आशिष
शनिबार, १४ पुस २०८०, १४ : ५०
जागिर छउन्जेल
ठुला जागिरमा पर्नु
रहस्यमय तवरले
कमाइधमाइ गर्नु
सान, शासन, प्रशासन
अन्ततः पिन्छिन पाकोस
नातागोता सन्तानले
मालदार कार्यालय ढाकोस्
जागिरपछि पनि ठुलै
राजनीतिक नियुक्ति पाएस
बुढेसकाससम्म अटुट
राज्यका सुविधा खाएस
मर्ने बेलातक पनि
वृद्धाआश्रमको नेतृत्व गर्नु
मरणोपरान्त यमलोकको
राजदूत पाए मात्र मर्नु ।