नेपाल स्रष्टा समाजको साताव्यापी कार्यक्रम सुरु
काठमाडौँ । नेपाल स्रष्टा समाजले आफ्नो १७औँ वर्षीकीको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । २०६४ पुस १६ गते स्थापना भएको सो संस्थाको पहिलो दिनको कार्यक्रम शुक्रबार ललितपुरको पाटन सङ्ग्रहालयको भित्री चोकमा विशिष्ट कविहरूको उपस्थितिमा पर्या कवि गोष्ठीको कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठको सभापतित्व तथा प्राडा गोविन्दराज घट्टराईको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा समाजद्वारा प्रकाशित ‘स्रष्टा दर्पण’ सार्वजनिक गरिएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि डा. भट्टराईले स्रष्टा समाजले गरेको योगदानको चर्चा गरे । समाजले सात दिने कार्यक्रम अन्तर्गत पर्या कविता गोष्ठीले पर्यावरण संरक्षणमा महत्त्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरे । उनले २०६४ मा नै पर्या साहित्यको सिद्धान्त निर्माण गरिसकिएको बताए । यस विषयमा केन्द्रित रहेर अहिले तीन अनुुसन्धाताले विद्यावारिधि गरिसकेको समेत उनले चर्चा गरे ।
भर्खरै निधन भएका समाजका आजीवन सदस्य स्रष्टा तिलक लुइँटेलको सम्झनामा एक मिनेट मौन धारण गरेर सुरु गरिएको कविता वाचन कार्यक्रममा कविहरू विजय हितान, विश्वविमोहन श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, भारती न्यौपाने, किशोर पहाडी, कृष्ण बाउसे, भीष्म उप्रेती, नरेन्द्रराज पौडेल, सीता कँडेल, जीवनाथ पोखरेल, डा. हिमलाल श्रेष्ठ, बुद्धिमान मर्हजन र राजेशमान केसीले कविता वाचन गरेका थिए ।
कार्यक्रममा शिवप्रसाद भट्टराई, गीता रेग्मी, राधिका गुरागाईं, किरण थापा, डा शान्तिमाया गिरी, राधेश्याम लेकाली, नारायण तिवारी, गोकुल अधिकारी, रञ्जना निरौला, राजेश खनाल, प्रकाश घायल, डा शेखरकुमार श्रेष्ठ, सामना पहाड, शिव घिमिरे, मनबहादुर भुजेल, मधु पाठक, तारा सुवेदी, शङ्कर भारती, माधव विडारी, डा. सदानन्द कणेल, अनिता कोइराला, राज रजक लगायतको उपस्थिति थियो ।
समाजको दोस्रो दिनको कार्यक्रममा पुस १४ गते प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान प्रदान गरिने छ । सो कार्यक्रम शङ्खमूलस्थित अवरनेश इन्टर्नेसनल एकेडेमीमा दिउँसो २.३० बजेदेखि वरिष्ठ कवि मञ्जुलको प्रमुख आतिथ्यमा हुने छ । तेस्रो दिन पुस १५ गते दिउँसो २ बजे प्राडा माधव पोखरेल प्रमुख आतिथ्यमा निबन्ध गोष्ठी हुँदैछ । पुस १६ गते प्राडा अभि सुवेदी प्रमुख आतिथ्यमा नेपाल प्रज्ञाप्रतिष्ठान दिउँसो १ बजेदेखि कार्यक्रम हुने भएको छ । सो दिन सत्रौँ वार्षिक सभा तथा २०८० को सुभद्रा विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि गोविन्दराज विनोदीलाई अर्पण समारोह गरिने भएको भने छैटौँ दिन पुस १८ गते दिउँसो १ बजेदेखि बौद्धस्थित अरुणिमा उच्च माध्यमिक विद्यालयमा स्रष्टासँग विद्यार्र्थीहरूको अन्तक्र्रिया हुने छ ।
पुस १९ गते साप्ताहिक कार्यक्रको समीक्षासहित स्रष्टा समाज नेपालको सप्ताहव्यापी कार्यक्रमको समापन दिउँसो ३ बजे वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख अतिथ्यमा सम्पन्न हुनेछ ।
नेपाली साहित्यका साथै नेपालका राष्ट्रिय भाषा साहित्यका सिर्जना, संवर्धन तथा विकास गर्ने उद्देश्यले २०६४ पुस १६ गते समाजको स्थापना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात