गीतकार अमर वान्तु, जसका गीतले सुसाइडबाट जोगिए मानिस
भनिन्छ गीतसङ्गीत सुखदुःखको साथी हो । गीतसङ्गीतले दुःख भुलाउने मात्र होइन, मृत्युबाट समेत जोगाउने गर्छ । यस्तै एक अनुभव छ चर्चित गीतकार अमर वान्तुसँग । कुरा विसं २०७२ तिरको हो । जतिबेला भूकम्पले नेपाल तहसनहस बनाएको थियो । मिडिया, सामाजिक सञ्जाल चारैतिर भूकम्पका क्षति र पीडाले आक्रान्त थियो ।
त्यही पीडा महसुस गर्दै गीतकार वान्तुले गीत कोरे–
‘दुःख मानी किन बस्नु, कहाँ फेर्न सक्ने रोदन
नदुखेको को होला र काँडामाथि हिँड्ने जीवन’
वान्तुको यो गीतमा राज सागरले सङ्गीत भरे । उदेश श्रेष्ठले गाए । यो गीत सार्वजनिक भएपछि एक व्यक्तिले गायक श्रेष्ठ भने, ‘म सुसाइड गर्ने वाला थिए । तपाईंको गीतले बाच्न प्रेरणा थियो । अब मर्दिनँ ।’ यो कुरो गायक श्रेष्ठले वान्तुलाई जस्ताको तस्तै सुनाएका थिए । जुन रातोपाटीसँगको कुराकानीमा वान्तुले दोहोर्याए ।
वान्तुले त्यही समय ती सुसाइडबाट जोगिएका व्यक्ति भेट्न चाहेका थिए, जुन पाएनन् । अहिले पनि उनलाई यो कुरोले थकथक लाग्छ । मेरो गीतले प्राण बचाएको मानिस भेट्न त पाएको छैन । तर कसैको प्राण बच्यो भनेर सुन्दा खुसी मिल्ने वान्तुले बताए ।
‘प्राकृतिक विपत्तमा मानिसले नचाहेरै सबै कुरो गुमाउन पुग्छ र प्राणसमेत त्यग्न खोज्छ । त्यो समयका लागि बाच्ने प्रेरणा मिलोस् भनेर मैले गीत बनाएको थियो’, वान्तुले भने, ‘त्यो गीतले साच्चिकै प्राण बचाएछ । मेरो प्रयास सार्थक भयो ।’
यो गीत मात्र होइन, उनका धेरै गीतले मानिसलाई प्रेरणा दिन्छ । किनभने उनी जीवन र दर्शनसँग नजिक रहेर गीत लेख्न माहिर छन् । वान्तुका नेपाली साङ्गीतिक फाँटमा १५० (डेढ सय) बढी गीत रेकर्ड भएका छन् । जसले उनलाई सङ्गीतिक फाटमा चर्चित गीतकारको रूपमा उभ्याएको छ । उनका आँसुको पीडा, गर्मी भयो धरान, आँखाको भाकैमा, आए म तिम्रो सहर, शिल्पी कपाल उड्यो, चकमक झुल्यो लगायत थुप्रै गीत हिट छन् ।
‘गर्मी भयो धरान’ गीतबाट उनलाई धेरैले गीतकारको रूपमा चिन्छन् । यो गीतको सामाजिक सञ्जाल टिकटकमा मात्र ७० हजार बढी टिकटकसमेत बनेको थियो । उनको भर्खर नयाँ गीत ‘अरे क्यानाम’ सार्वजनिक भएको छ । साहिमा श्रेष्ठ र मोहन श्रेष्ठको स्वर रहेको ‘अरे क्यानाम’ को भिडियोमा राज आचार्य, सजिना श्रेष्ठ, प्रकाश बस्नेत र गायिका साहिमाकै अभिनय छ ।
यसअघि उनको ‘कुटुकुटु खायो मुटु’ सार्वजनिक भएको थियो । सुमित खड्का र अञ्जु गौतमको स्वर रहेको गीतको भिडियोमा दीपाश्री निरौला, बुद्धि तामाङ, अभिषेश खड्का र सञ्जीव श्रेठलगायतको अभिनय छ । पछिल्लो समय गीत लेखन र समाज सेवामा व्यस्त उनी गीतसङ्तगीका कार्यक्रममा बाक्लै देखिन्छन् ।
५० वर्षपछि गीतकार
भोजपुरमा जन्मिएका अमर वान्तु सानैदेखि गीतसङ्गीतको माहोलमा हुर्किए । उनका दाइहरू गीटार र हार्मोनियम बजाउँथे । त्यो समय उनी दाइसँग नारायण गोपाल, जेबी टुहुरेको अलवा प्रगतिशील गीतहरूबाट गाउँ गुन्जाउँथे ।
स्कुलदेखि कलेजसम्म यो क्रम जारी नै रह्यो । स्कुल–कलेजका आयोजना हुने विभिन्न साङ्गीतिक कार्यक्रममा त उनी आफैँले गीत, कविता प्रथामिकता दिन्थे । उनका गीत कवितामा सबै रमाउँथे । उनी पनि लेखनमा खारिँदै गए । त्यो क्रममा धेरैले उनलाई काठमाडौँ गएर यसमै करियर अगाडि बढाउन सुझाए । भोजपुरको दिलपा अन्नपूर्ण स्कुलबाट एसएलसीसम्मको अध्यायनपछि घनकुटा कलेज भर्ना भएका उनी गीतसङ्गीतको सफल गीतकार बन्ने सपनासहित २०४५ मा काठमाडाैँ छिरे ।
जब उनी उमेरले ५०औँ वसन्तमा टेके । त्यो समय उनलाई गोल्डेन जुब्ली सेलिब्रेसन गर्न मन लाग्यो । यो उपलक्ष्यमा साथीभाइ बोलाएर रमाइलो गर्ने सोच बनाए । साथीभाइ त बोलाउने तर यो उमेरसम्म के गरिस् तैँले ? भनेर प्रश्नगरे के भन्ने । उनको मनमा अतालियो । आफ्नो विगत नियाले । आफूलाई शून्य पाए ।
काठमाडौँमा गीतकार बन्नुको अलवा अध्यायनसमेत पूरा गर्नुपर्ने थियो । यहाँ उनको न कोही आफन्त थिए, न उनले सोचे जस्तो माहोल नै पाए । त्यसैले उनले काठमाडौँमा बस्न र खानका लागि ठुलो सङ्घर्ष गर्नुपर्यो । त्यो सङ्घर्षमा गीतसङ्गीत थाँती राख्दै अध्ययन अगाडि बढाए । जसले उनलाई ६, ७ वर्ष टिचर जागिर गर्न मद्दत मिल्यो । त्यसपछि विभिन्न काम गरेँ ।
‘सङ्घर्षको समय कति दिन एक छाकमा कटाएँ, कति भोकै पनि बिताएँ’, वान्तुले भने ‘वर्षाैं वर्षको सङ्घर्षपछि अन्ततः काठमाडौँमा स्थापित भएँ ।’ काठमाडाैँमा आफ्ना लागि दालभातको समस्या त टारेँ । तर उनको मन रमाउन सकेन, किन किन के नपुगेको जस्तो भइहरन्थ्यो ।’ गीतसङ्गीत छुटेको पिडाले भित्रभित्रै पोलिरहेको महसुस गर्थे । अब केही गर्नु पर्छ भन्ने लाथ्यो । परिवारलगायतको कामले अल्झिन्थे ।
जब उनी उमेरले ५०औँ वसन्तमा टेके । त्यो समय उनलाई गोल्डेन जुब्ली सेलिब्रेसन गर्न मन लाग्यो । यो उपलक्ष्यमा साथीभाइ बोलाएर रमाइलो गर्ने सोच बनाए । साथीभाइ त बोलाउने तर यो उमेरसम्म के गरिस् तैँले ? भनेर प्रश्नगरे के भन्ने । उनको मनमा अतालियो । आफ्नो विगत नियाले । आफूलाई शून्य पाए ।
‘मैले सङ्घर्ष गरेर काठमाडौँ बस्न र खानको समस्या टारेँ । यो त धेरैले गरेका छन् । मैले के गरे भनेर चिनाउने । त्यो समय केही भेटिनँ’, उनले भने, ‘जीवनमा के नपुगेको, केही गर्न नसकेको पीडाभयो ।’ त्यही पीडाले फेरि गीत लेखनमा होमिएको उनले सुनाए ।
उनले पहिलो गीत लेखे–
‘जीवनको दौडमा यात्रा कता गरे
धेरै पर पाइपुग्दा पो भुवरीमा परे’
गीत स्वरूपराज आचार्यको स्वरमा रेकर्ड भयो । गीतमा उनले त्यही समय आफ्नो मनमा चलेको भुवरी ओकेलेका थिए । २०७० मा रेकर्ड भएको यो गीतले सबैतिर राम्रो चर्चा पायो । त्यसपछि धेरै गायक, गायिका र सङ्गीतकारले उनको खोजी उनी परे । उनलाई म कताकता छुटेको रहेछु । गीत लेखनमा म सक्दो रहेछु भन्ने लाग्यो । एक दुई गर्दै उनले दर्जनौँ गीत लेखे र त्यो रेकर्ड भयो । उनी व्यावसायिक गीतकारका रूपमा समेत परिचित भए ।
‘५० को उमेर मेरो गीतकारका रूपमा यात्रा थालनी भयो ।’, उनले थपे ‘गाउँबाट काठमाडाैँ छिर्दा गीतकार वा साहित्यकार बन्छु भन्ने सपना थियो । सहरको माहोल र परिवेशले अलमल्यायो । अहिले यही सहरले फेरि गन्तव्य दियो ।’ अब नियमित गीत लेख्छु, उनले सोचे ।
‘हामी भन्छौ दालभात त सबैले खान्छ । तो होइन मानिसको सबैभन्दा ठुलो समस्या दालभातको रहेछ’, उनले अनुभव राखे ‘दालभातको समस्या जसले पहिले समाधान गर्छ । त्यसले छिटो प्रगति गर्छ ।’ भोको पेटमा कसैले पनि प्रगति गर्न नसक्ने उनको बुझाइ हो ।
‘दालभातमा अल्झिएर बाटो बिराएको थिए,’ उनी थप्छन्, ‘सँंगैका साथी कवि, गीतकार भएको पीडा थियो । अन्तत समयले मलाई पनि लक्ष्य दियो ।’ अब जीवनभर गीत लेख्ने उनको योजना छ ।
भिड पछ्याउँदै गीतकार
विसं २०७० देखि अहिलेसम्म अनवरत रूपमा गीत लेखनमा सक्रिय अमर वान्तुले अहिलेसम्म हजारौँ गीत लेखिसकेका छन् । रेकर्ड भएका मात्र डेढ सय (१५०) बढी हुन् । कति गीत रेकर्डका क्रममा छन् । कति रेकर्ड गर्छु भनेर लाने गायक, गायिका, सङ्गीतकार नै हराएका छन् ।
जीवन दर्शकदेखि सेन्टिमेन्टल, आधुनिक लोकपपसम्म सबै प्रकारका गीत लेखन क्षमताका उनलाई गीतमा जीवन दर्शन र समाज उतार्न बढी मनपर्छ । तर यस्ता गीतले बजारमा स्थान पाउन उनको बुझाइ छ ।
‘गीत लेख्नेदेखि बनाउन खर्च गर्ने हामी । देश विदेशको प्लेटफर्ममा गीत गाएर उफ्रिउफ्री लाखौँ कमाउँछन् गायक गायिका, सङ्गीतकार’, उनले दुःखेसो राखे ‘गीत कसले लख्यो, कसले बनायो । नामसमेत लिँदैनन् ।’
‘पछिल्लो समय गीतसङ्गीतको बजारमा भाइरलको किस्सा चलिरहेको छ । मानिसको मनछुने, सदाबहार गीतभन्दा पनि सबै भाइरलको पछि लाग्न थालेका छन्’, उनी भन्छन् ‘गीतमा समाज, भोगाइ होइन, श्रोता र मास के रुचाउँछ भनेर लेख्नुपर्ने समय आयो ।’ श्रष्ठाको पछि भिड होइन, भिडको पछि स्रष्टा लाग्नुपर्ने दिन आएको उनी सुनाउँछन् । थप्छन्, ‘यो राम्रो हो वा नराम्रो बुझ्न सकेको छैन ।’ सर्जकले भिड पछ्याउनुपर्दा चित्त दुख्ने उनले सुनाए ।
कतिपय गीतकार व्यवसायका लागि लेख्छन्, त कतिपय आत्मसन्तुष्टिका लागि । उनको लेखन यी दुवै कुरामा रहँदै आएको छ । कतिपय अवस्थामा पब्लिकको डिमान्ड अनुसार पनि कोर्छन् ।
‘एउटा सक्षम गीतकार त्यही हो जसले परिस्थिति अनुसार गीत लेख्छ र भोगाइमार्फत समाज चेतना बाँड्न,’ उनले भने ।
गीतकारको भरमा सङ्गीतको बजार
अचेल नेपाली सङ्गीतको बजार विशाल बन्दै भएको छ । दैनिक थुप्रै गीतसङ्गीत निस्कन्छ । तर सङ्गीतको बजारमा गीतकारले धानेका कुरा चारैतिर चल्छ । वान्तु पनि यही कुरो दोहोर्याउँछन् ।
‘अहिले गीतकारसँग गीत सहयोग माग्ने र गीतमा गीतकारले नै लगानी गरेको अवस्था छ’, वान्तुले भने ‘हामी धेरै गीतकार लेख्ने मात्र गर्दैनौँ, सबै पक्षमा लगानी गरेर गीत पनि ल्याउने गरेका छौँ ।’ अहिले बजारमा भित्रिने धेरै गीतमा लगानी गीतकारकै भएको उनले खुलाए ।
‘गीत लेख्नेदेखि बनाउन खर्च गर्ने हामी । देश विदेशको प्लेटफर्ममा गीत गाएर उफ्रिउफ्री लाखौँ कमाउँछन् गायक गायिका, सङ्गीतकार’, उनले दुःखेसो राखे ‘गीत कसले लख्यो, कसले बनायो । नामसमेत लिँदैनन् ।’ पछिल्लो समय गीत लेखनमा व्यवसायी, प्रशासक, राजनीतिकर्मीको समेत चासो र आबद्ध रहेको यो क्षेत्र चलिरहेको उनको धारणा छ ।
‘अहिले गीतसङ्गीतमा जजसले लगानी गरिररहेका छन् त्यो सबै आत्मसष्तुष्टिका लागि हो’ उनले बुझाइ राखे ‘लगानी अनुसार आम्दानी खोज्ने हो भने यो क्षेत्र बन्द हुन्छ ।’
गीतकार गीत समाजका लागि लेख्छन् । कतिपय अवस्थामा आफ्नो गीत सुनेर आफैँ भावुक पनि भएको अवस्था पनि छ । वान्तुको जीवनमा पनि यो क्षण कहिलेकाहीँ आएको छ । ‘गीतकारले व्यथा, वेदनमा डुबेर कोरेको गीतमा सङ्गीतकारले झन् गहिराइमा पुगेर सङ्गीत भर्दिन्छन्,’ उनले कुराकानीको बिट मार्दै भने, ‘जसले आफूले भोगेको पीडा बोध गराउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात
-
आफ्नै गाउँ (लघुकथा)
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु