बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रतिबन्धित लागु औषधसहित २ जना प्रहरीको नियन्त्रणमा

शनिबार, १४ पुस २०८०, ०९ : ४४
शनिबार, १४ पुस २०८०

झापा । नेपाल प्रहरीले प्रतिबन्धित लागू औषध र ओसारपसारमा गर्न प्रयोग भएको एक मोटरसाइकलसहित २ जनालाई नियन्त्रणमा लिएका छ । 

गए राति झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोक स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे।५ प.३६४८ नं.को मोटरसाइकल चालक जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं।११ बस्ने वर्ष अन्दाजी २९ का मनिस मोक्तान र सोही मोटरसाइकल पछाडि सवार ३७ वर्षीय रीग बहादुर दर्जीलाई पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर १०० ग्राम १५० मिलिग्राम फेला परेकोले मोटरसाइकल सहित नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप