'सिप बिल्डिङ'वालालाई ईपीएस परीक्षाका लागि आवेदन आह्वान, पुस १६ गतेदेखि फाराम भर्नुपर्ने
काठमाडौँ । ईपीएस कोरिया भाषा परीक्षा अन्तर्गत सिप बिल्डिङ (पानीजहाज निर्माण) क्षेत्रकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन्। वैदेशिक रोजगार विभागले उनीहरूलाई आवेदन दिन पाउने निर्णय गरेको हो । त्यसका लागि पुस १६ गतेदेखि १८ गतेसम्म आवेदन दिन सकिने ईपीएस कोरिया शाखाले शुक्रबार अबेर सूचनामार्फत जनाएको छ ।
सिप बिल्डिङ क्षेत्रमा आवेदन दिएका ३१ हजार भन्दा बढिले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने व्यवस्था थियो। चर्को दबाब तथा उच्च अदालत पाटनको अन्तरिम आदेशपछि उनीहरूका लागि आवेदन खुला गरेको हो।
अदालतले निवेदकसहित इच्छुक सबैलाई आवेदन फाराम भर्न दिन आदेश जारी गरेको थियो। यसअघि सुरज पाठकसहित १८ जनाको हकमा फाराम भर्न दिन भन्दै आदेश जारी गरेको थियो। त्यसपछि उनीहरूले आज आवेदन फाराम भर्न निवेदन दिएका थिए। ती बाहेककाले आन्दोलन गर्ने क्रममा दुई जनाको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरबाट ३८ वटा मावन खप्पर र १० थान मानिसको नलीखुट्टासहित एक जना पक्राउ
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
-
अरुणिमाको पनि पतिसँग बिग्रिएको हो सम्बन्ध ?
-
नेपालमा सिमसार क्षेत्र र कोशी टप्पु सिमसार
-
खेलकुदको हबको रूपमा बागमती प्रदेशलाई विकास गर्छौँ : मन्त्री महर्जन
-
सन्दीपले भने, ‘मोन्टी सर, नेपालमा तपाईंको घर सधैँ रहनेछ’