बालकुमारी घटनामा ओली : बल प्रयोग समस्याको समाधान होइन
शुक्रबार, १३ पुस २०८०, २० : २५

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बल प्रयोग समस्याको समाधान नभएको बताएका छन् ।
‘बालकुमारी घटनामा होनाहार दुईजना नवयुवकको ज्यान गयो। बल प्रयोग समस्याको समाधान होइन’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
उनले समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय रहेको समेत बताए ।
उनले घटनाको तत्काल छानविन गरी दोषीलाई कार्वाही गर्न माग गर्दै भनेका छन्, ‘ज्यान गुमाउने युवाप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना । अब यस्तो कहिलै नहोस् ।’
ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा शुक्रबार विरोध प्रदर्शन गर्न पुगेका दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र शाहको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।