बालकुमारी घटनाबारे प्रहरीले भन्यो–‘एक्कासी प्रहरीविरुद्ध ढुंगामुढा भएपछि दुर्घटना’

काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रदर्शनकारीले एक्कासी ढुंगामुढा गरेपछि स्थिति नियन्त्रण बाहिर गएको र दुर्घटना भएको प्रहरीले दाबी गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले घटनास्थलमा खटिएका डीएसपी उमेश लम्सालसहित ३ जना प्रहरी र ४ जना सशस्त्र प्रहरी घाइते भएसँगै स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको जिकिर गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नवराज कार्कीले शुक्रवार साँझ एक विज्ञप्ति जारी गरेर ‘एक्कासी ढुंगामुढा’ भएको बताएका हुन् । उनले भनेका छन्,‘भिड तितरबितर गर्न अश्रुग्याँस प्रहार गर्दा बालकुमारी तर्फ गएको समूहले मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी रोकेर टायरमा ओट लगाई हावा फुस्काएर आगजनी गरे, त्यसपछि टियर ग्याँस र रबर बुलेट प्रहार गर्नुपर्ने अवस्था आयो ।’
बिहान ८ बजेदेखि नै ईपिएस कार्यालय अगाडी रोजगार अनुमति प्रणली (इपिएस) परिक्षामा सहभागीता हुनुपर्ने माग लिएर करिब ३ हजार मानिस भेला भएका थिए । आक्रोशित भिडबाट ढुंगा प्रहार हुँदा डिएसपी उमेश लम्साल, सहायक हवल्दा सुशील सुवेदी जवान निर्माणबाबु सेजुवाल तथा सशस्त्र प्रहरीका ४ जना घाइते भएका कार्कीले बताए ।
प्रदर्शनमा सहभागी अछाम चौरपाटी गाउँपालिका १ बस्ने २१ वर्षीय विरेन्द शाहको प्रहरीको गोली लागेर मृत्यु भएको छ । दैलेख महावु गाउँपालिका–६ घर भएर भक्तपुर बस्ने २३ वर्षीय सुजन रावतको पनि मृत्यु भएको छ । तर, रावलाई गोली लागेको पुष्टि भएको छैन ।
मन्त्रीको गाडी आगजनी र तोडफोडमा संलग्न ७३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व अर्थतन्त्रमा अब ‘चमत्कारिक वृद्धि’ को युग सकियो
-
सेन्साइ ब्राण्डको खरिदमा बाइक जित्ने अवसर
-
नयाँ वर्षमा ‘गोदरेजसँग नयाँ सुरुवात’ अफर
-
पूर्वडीआईजी छविलाल जोशीको स्वास्थ्यमा के समस्या देखिएको हो ?
-
चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर, एकै पल्ट ६० देशलाई तनाव
-
चैते दसैँमा कालिका भगवती मन्दिरमा रु ४२ लाख भेटी सङ्कलन