बेरोजगार युवालाई गोली प्रहार गर्नु चिन्ताको विषय : राप्रपा
शुक्रबार, १३ पुस २०८०, १७ : ३३

काठमाडौँ । राप्रपाले बेरोजगार युवालाई संयमता गुमाइ गोली प्रहार गर्नु गम्भीर चिन्ताको विषय भएको जनाएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रवार जारी गरेको विज्ञप्तिमा ईपीएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा दुई युवाको हत्या गरेर सरकार स्वयंले परिस्थितिलाई उत्तेजित तुल्याएको उल्लेख गरिएको छ। उनले घटनाको सत्य तथ्य छानबिन र घाइतेको उपचार गर्न सरकारसँग माग गरेका छन् ।
कोरियाली भाषा सम्बन्धी ईपिएस परीक्षामा सहभागिताको विषयलाई लिएर ललितपुरको बालकुमारी क्षेत्रमा शुक्रवार भएको आन्दोलनमा उत्रिएका युवामाथि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने
-
पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
-
यस्तो छ ‘मोहर’मा पलको गेटअप
-
ग्लेन फिलिप्सको स्थानमा श्रीलंकाली अलराउण्डर दासुन शनाकालाई भित्रायो गुजरात टाइटन्सले
-
सिक्किममा निश्चललाई स्वर्ण
-
युक्रेन र अमेरिकाद्वारा सयुक्त समझदारी पत्रमा हस्ताक्षर