इसेवाबाट थानकोट त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने
शुक्रबार, १३ पुस २०८०, १६ : २८

काठमाडौँ । भुक्तानी सेवा प्रदायक इसेवामार्फत थानकोट त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने भएको छ । लामो समयदेखि पार्कले आगन्तुक पाहुनाहरुलाई स्वच्छ सफा हरियाली वातावरणमा पिकनिक तथा घुमघामको लागि व्यवस्था गर्दै अहिरहेको छ।
पार्कमा प्रवेश गर्न एक निश्चित रकम प्रवेश शुल्क छ जुन अब इसेवाबाट सजिलै तिर्न सकिने भएको हो।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएसमा ८० लाख बढी ग्राहकले सेवा लिइरहेका छन् ।