प्रहरी समायोजन गर्नुअघि नयाँ ऐन ल्याउन छलफल

काठमाडौँ । समायोजन ऐन बनेको करिब ४ वर्ष पुरा हुँदा पनि केन्द्र र प्रदेशमा प्रहरी कर्मचारीको समायोजन भएको छैन । समायोजन गर्नुअघि नेपाल प्रहरी ऐन–२०१२ लाई प्रतिस्थापन गर्ने गरी नयाँ ऐन ल्याउनेबारे छलफल सुरु गरिएको छ ।
पूर्व मुख्यसचिव लीलामणि पौड्याल नेतृत्वको समितिले त्यसबारे छलफल गरिरहेको छ । गृह मन्त्रालयको कार्यसम्पादन सुधार कार्यायोजना बनाउन पूर्व मुख्यसचिव पौड्यालको नेतृत्वमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले समिति गठन गरेका हुन् ।
शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित छलफलमा सहभागी उच्च प्रहरी अधिकृतहरूले नयाँ ऐन बनाउनुपर्ने सुझाव दिएका छन् । छलफलमा पूर्व मुख्य सचिव पौड्याल र पूर्व आईजीपी प्रकाश अर्याल सहितका अधिकारीहरू सहभागी थिए ।
गृह प्रशासनको कार्यसम्पादनमा प्रभावकारिता ल्याउनका लागि गर्नुपर्ने सुधारका उपाय पहिचान गर्न पौड्यालको संयोजकत्वमा १० सदस्यीय समितिले काम गरिरहेको छ । प्रहरी समायोजन ऐन अनुसार समायोजन गर्दा सो ऐनमा ‘प्रहरी ऐन अनुसार हुनेछ’ भन्ने व्यवस्था गरिएको छ ।
सो व्यवस्थाका कारण नयाँ प्रहरी ऐन आवश्यक परेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्–‘समायोजनका लागि नयाँ प्रहरी ऐन आवश्यक देखिएपछि त्यसबारे यसअघि पनि छलफल हुँदै आएको छ ।’
यसअघि पनि गृह मन्त्रालयले प्रहरी ऐन–२०१२ लाई संशोधन गर्ने प्रस्ताव अघि बढाएको थियो । ऐन संशोधन गरेर नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन २०७९ मङ्सिरमा गृह मन्त्रालयले प्रस्ताव गरेको थियो । सो प्रस्ताव अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा फन्को मारेर पुनः गृह मन्त्रालयमा फिर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म