गोली हानेर समस्याको समाधान निकाल्ने जमाना गइसक्यो : सुदेश पराजुली

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सुदेश पराजुलीले ललितपुरको बालकुमारीमा भएको घटनाप्रति आपत्ति जनाएका छन् ।
शुक्रवार कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षाको फाराम भर्ना नपाएपछि युवाहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो । मृत्युपछि उनले प्रहरीले प्रहरी प्रशासनबाट युवाहरुको हत्या हुनु निन्दनीय भएको भन्दै सरकारको बिरोध गरे ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै पराजुलीले युवा आफ्नो भोको पेटको समस्याको बारेमा आन्दोलित हुँदै गर्दा प्रहरीले गोली हानेर हत्या गर्नु निन्दनीय भएको बताए । उनले युवाको समस्या समाधान गर्न सरकार तयार नरहेको प्रष्ट भएको दाबी गरे । युवाको छातीमा गोली हानेर समस्या समाधान गर्ने दिन गएको बताउँदै वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरे ।
नेता पराजुलीले युवालाई मार्ने घृणित कार्य नगर्न सरकारलाई चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल बैंकका तीन सञ्चालकको निर्वाचन नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
-
रुपन्देहीको सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
गलकोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साहानी निर्वाचित
-
महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी पोखरेल निर्वाचित, एक मतले हारेपछि अनेरास्ववियुको विरोध
-
‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन