बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

इण्डियन आइडलमा मेनुकाको चर्चा चुलिँदो, उदितबाट पाइन् मूर्ति उपहार

शुक्रबार, १३ पुस २०८०, १४ : ३९
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । इण्डियन आइडलमा सहभागी नेपाली गायिका मेनुका पौडेलको चर्चा दिन प्रतिदिन चुलिँदो छ । प्रतियोगितामा उनलाई एकपछि अर्को चर्चा मिलिरहेको छ ।

प्रतियोगितामा उनले बलिउड गायक उदित नारायण झालाई उत्कृष्ट प्रस्तुति मार्फत प्रभावित पार्दै साइबाबाको मूर्ति उपहार समेत पाएकी छन् । प्रतियोगितामा उनले उदितको गीत ‘साइनाथ’ गाएकी थिइन् । जुन आगामी एमिसोडमा प्रसारण गरिनेछ ।

1

सोनी टेलिभिजनले प्रतियोगिताको आगामी एपिसोडको प्रोमो सार्वजनिक गरेको छ । जसमा मेनुकाले उदितबाट मूर्ति उपहार पाएको देखाइएको छ । प्रोमोमा मेनुकालाई उदितले अँगालो हाल्दै गायनको प्रशंसा समेत गरेको छन् । क्रिसमस स्पेसलको रुपमा तयार पारिएको एपिसोडमा उदित सान्ताको हुलियामा स्टेजमा देखिनेछन् ।

आइडलको अहिले सिजन १४ चलिरहेको छ । यो सिजनमा मेनुकाले सुरुदेखि नै शानदार प्रस्तुति दिँदै आएकी छन् । केही अगाडि यही मञ्चबाट उनले भारतीय फिल्म ‘सलार’मा पाश्र्वगायन अवसर पाएकी थिइन् । यही मञ्चमा उनको गायनबाट प्रभावित भएर बलिउड अभिनेता रणवीर कपुरले संगीतकी साक्षात् देवी भन्दै पाउँ छाएका थिए ।

2

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप