अपडेट
बालकुमारी घटनाका अर्का घाइते पाटन अस्पतालको आईसीयूमा
शुक्रबार, १३ पुस २०८०, १४ : ३२

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सहभागी एक जना घाइतेको अवस्था गम्भीर छ । प्रहरीको गोली लागेपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । ती प्रदर्शनकारीको आईसीयूमा उपचार भइरहेको पाटन अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीले रातोपाटीलाई बताए ।
यसअघि किष्ट अस्पतालमा उपचाररत २१ वर्षीय युवकको मृत्यु भएको थियो । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन ललितपुरमा प्रहरीले गोली चलाएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएपछि अवस्था तनावग्रस्त बनेको थियो । प्रदर्शन स्थलबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी राजमार्ग : बाटोविनै बनाइएका ९ वटा पुल
-
भियतनामबाट १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर उडानमा लुम्बिनी आउँदै
-
कसको कारण रोकियो कर्णाली रङ्गशालाको एक प्रतिशत काम ?
-
नदी तथा खोलाले कटान गरेका क्षेत्रको संरक्षणमा बागमती प्रदेश
-
कर युद्ध : चीनले अमेरिकी सामानमा १२५% कर लगाएपछि ट्रम्पले के भने ?
-
६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन