शान्ति समाजको धर्ना, २२ अधिकारकर्मी गिरफ्तार
_Bwdmhi5f6j.jpg)
काठमाडौँ । एनसेल घोटाला प्रकरण सम्बन्धमा विश्वसनीय न्यायिक छानविन आयोग गठन गर्न मागसहित मानव अधिकार तथा शान्ति समाजले गरेको प्रदर्शनका क्रममा २२ जना पक्राउ परेका छन् ।
शुक्रबार राजधानीको माइतीघरमा आयोजित विरोध प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, ललितपुर शाखा सभापति मनबहादुर थापा, अधिकारकर्मीहरु सानु लामा, उमा गौतम, बलबहादुर गाहा मगर, जगन्नाथ पुडासैनी, ईश्वर पुडासैनी, विकास थापा, तुलसीराम भण्डारी, मणिराम दाहाल, लक्ष्मण पुडासैनी, वुद्ध अनमोल, मोहीणीप्रसाद आचार्य, र आदर्श क्षेत्रीसहित २२ जनालाई गिरफ्तार गरेको हो । उनीहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो
-
न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’
-
म्यानमारका भूकम्पपीडिलाई एनआरएनए थाइल्याण्डद्वारा राहत सहयोग हस्तान्तरण
-
२० वर्ष पुराना ट्याक्सी जफत सुरु, शुक्रबार ट्राफिकले समात्यो दर्जनभन्दा बढी ट्याक्सी
-
देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री