प्रहरीले बल प्रयोग गरेपछि भड्किन पुग्याे आन्दोलन
_1KChVYBRuB.jpg)
काठमाडौँ । ग्वार्कोस्थित ईपीएस कार्यालयले १८ जनालाई आज बोलाएको थियो । एक सार्वजनिक सूचना जारी गर्दै सुरज पाठकसहित १८ जना बिहान १० बजे नै कार्यालयमा पुगिसकेका थिए । उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशअनुसार नै कार्यालयले उनीहरूलाई शाखा कार्यालयमा आवेदन दिन बोलाएको थियो ।
आवश्यक कागजातसहित उनीहरू पुगे र आवेदनका लागि निवेदन दिइसकेका थिए । त्यही बेला कार्यालय बाहिर मानिसहरूको बाक्लो भीड लागिरहेको थियो । बाहिरको भीड पनि त्यही १८ जनामध्येकै थिए । सिप बिल्डिङ क्षेत्रमा आवेदन दिएकाहरूले उत्पादनमूलक
क्षेत्रमा आवेदन दिन नपाउने भन्ने थियो । त्यसका विरुद्धमा अदालत गएर १८ जनाले अन्तरिम आदेश पाएर आवेदन दिन पाए । तर, अन्यले नपाएपछि बाहिरको भीड आक्रोशित बन्दै गयो । कार्यालय परिसरमा भीड निकै बढेपछि सुरक्षा उपस्थिति पनि थपिँदै गयो । ईपीएस कार्यालयका निर्देशन गुरूदत्त सुवेदीले उनीहरू बाहिर शान्तिपूर्ण विरोध प्रदर्शनमा आएकाले बल प्रयोग गर्न प्रहरीसँग अनुरोध गरेका थिए ।
त्यही आधारमा केही समयसम्म सामान्य धकेलाधकेलको अवस्था थियो । त्यहीबीचमा प्रहरीले भीडमाथि बल प्रयोग गरिदियो । र उनीहरू थप आक्रोशित बने । र बालकुमारीको मुख्य सडकतर्फ लागे । जहाँ उनीहरूको आन्दोलन भड्किलो बन्न पुग्यो ।
‘प्रहरीलाई बल प्रयोग नगरिदिनुहोला भनेर अनुरोध गरेको थिए । गृहमन्त्रालयमा समेत यो विषयमा जानकारी गराएका थिए । तर, प्रहरीले लाठ्ठी चार्ज गरेपछि उनीहरू आक्रोशित बन्न पुगेछन्’ निर्देशक सुवेदीले भने ।
निर्देशक सुवेदी त्यही विषयमा छलफल गर्न भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गएका थिए । उनी मन्त्रालयमा भएको समय उता कार्यालयमा भने आन्दोलनकारीले भौतिक पूर्वाधार मन्त्रीको गाडी नै जलाइदिए । प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित बनेका उनीहरूले मन्त्रीकै गाडीमा आगजानी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढ्यो
-
सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा
-
विद्रोहीद्वारा सुडानमा ४ सयभन्दा बढीको हत्या : राष्ट्रसंघ
-
आईसीसी पुरुष क्रिकेट समितिको अध्यक्षमा सौरभ गांगुली, अफगानिस्तानका महिला क्रिकेटरलाई विशेष सुविधा
-
आजदेखि अनलाइन मार्फत ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट प्रदान गरिँदै
-
धोनीको नामसँग जोडियो यो गजबको कीर्तिमान ! जितको श्रेय नुर अहमदलाई