कोभिडका बेला घर फर्किएका ६४ नेपाली श्रमिकलाई मलेसियन कम्पनीले तलब लिन बोलायो

काठमाडौँ । मलेसियन दुई कम्पनीले ६४ जना नेपाली श्रमिकलाई तलब लिनका लागि बोलाएको छ । कोरोना महामारीको समय नेपाल फर्किए पुनः काममा जान नपाएका नेपाली श्रमिकहरूलाई तलब लिनका लागि बोलाएको हो ।
मलेसियाको भेन्चर ग्रुप अन्तर्गत entities Technocom system sdn. Bhd. / Pintarmas sdn. Bhd. मा सन् २०१४ देखि ६४ जना नेपाली श्रमिकहरू काम गर्दै आएका थिए । कोरोना महामारीको समय उनीहरू नेपाल फर्किएका थिए । तर, उनीहरूले काम गरेको तलब भुक्तानी गर्न बाँकी थियो । उक्त तलब भुक्तानी गर्न खोज्दा श्रमिकहरू सम्पर्कमा नआएको भन्दै ती कम्पनीहरूले मलेसियास्थित नेपाली राजदूतावासलाई समन्वयका लागि अनुरोध गरेका थिए ।
सोही आधारमा दूतावासले कन्सुलर सेवा विभाग र वैदेशिक रोजगार विभागलाई पत्र पठाएर सम्पर्कमा ल्याउनका लागि अनुरोध गरेको थियो । सोही आधारमा विभागले उनीहरूले सम्बन्धित काम गरेको कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको हो ।
उनीहरूलाई श्रमिकको हालको राहदानी नम्बर, सम्पर्क नम्बर, श्रमिकको हालको ठेगाना र श्रमिकको बैंकको खाता नम्बर ठेगानासहित कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीका कारण अमेरिकामा वनमा लागेको आगो नियन्त्रण बाहिर, तीन जनाको मृत्यु
-
२४ घण्टामै युक्रेन युद्ध सल्टाउँछु भनेर ठट्टामा भनेको थिएँ : ट्रम्प
-
समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने (विज्ञप्ति)
-
आगामी महिना श्रीलङ्का जाँदैछन् मोदी ?
-
अलपत्र अन्तरिक्षयात्री ल्याउन स्पेसएक्सले पठायो अन्तरिक्षयान
-
‘स्ववियु कुनै सत्ता होइन, एउटा वैधानिक प्रतिपक्षी मञ्च हो’