लोसपाले गठन गर्यो चार वटा कार्यदल

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले विभिन्न चार वटा कार्यदल गठन गरेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको निर्णय अनुसार सङ्गठन सुदृढीकरण, विधान संशोधन, विभागहरू गठन, राजनीतिक प्रतिवेदन तयारीका लागि विभिन्न चार वटा कार्यदल गठन गरेको सो पार्टी सचिव मनिष मिश्रले बताए ।
वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाको नेतृत्वमा राजनीति कार्यदिशा सम्बन्धी प्रतिवेदन तयार गर्नका लागि १२ सदस्य कार्यदल गठन गरेको छ । त्यस्तै, सङ्गठन सुदृढीकरणका लागि प्रतिवेदन तयार गर्न पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको नेतृत्वमा १९ सदस्यीय कार्यदल गठन गरेको छ ।
अर्का वरिष्ठ उपाध्यक्ष लक्ष्मण लाल कर्णको नेतृत्वमा पार्टीको विधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । पार्टीको विभागहरूको सङ्ख्या तय गर्नका लागि अर्का वरिष्ठ उपाध्यक्ष प्रदीपनारायण यादवको नेतृत्वमा १६ सदस्यीय कार्यदल गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा सभापति लामिछानेले चाहेको ‘म्यासिभ रिफर्म’ के हो ?
-
नागरिक लगानी कोष र सभापोखरी हाइड्रोको सेयर प्रत्याभूति सम्झौता
-
जनता एग्रो एन्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयबिच साझेदारी
-
पत्नीको बिहे गराइदिएका युवक चार दिन पनि टिक्न नसकी फिर्ता माग्न पुगे
-
खाद्य संस्थानको रिक्त विज्ञ सञ्चालक खुला प्रतिस्पर्धात्मक परीक्षाबाट नियुक्ति गरिँदै
-
कर्मचारी सरुवामा गृहको मनपरी, जगेडामा रहेका चार उपसचिव छुटे