३ जना मृत अवस्थामा फेला
शुक्रबार, १३ पुस २०८०, १२ : ०८
काठमाडौं । बितेका २४ घण्टामा विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका-८ स्थित सिमपानी बस्ने ३५ वर्षीया सानुमाया लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-१५ पहरुवा बस्ने १५ वर्षीया धारा रैदाश सोही ठाउँस्थित खाली टहरामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मीस्थित कालीगण्डकी जलविद्युत आयोजनाको ड्याममा पनि अन्दाजी ३५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र अफगानिस्तानबिच निर्णायक खेल आज, जित्ने टोली सिधै विश्वकपमा
-
प्रेमिकालाई घुम्न जान रोक्न बमको हल्ला, १९ वर्षीय प्रेमीलाई जेल सजाय
-
शर्मिला बर्देवाको लोक कोसेली 'कश्मीरे गम्छा' सार्वजनिक
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ धेरै वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?
-
तनहुँ घुम्नेलाई सहज, ३० वर्षपछि मानपुर डेढगाउँ सडक कालोपत्रे