संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै छ : मुख्यमन्त्री यादव

हेटौँडा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै रहेको बताएका छन् । शुक्रवार हेटौँडामा आयोजित तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले संघीय सरकारमा रहेका व्यक्तिहरूमा सामन्ती निरङ्कुश विचार धारणा कायमै रहेको आरोप लगाए ।
उनले हेटौँडाको भेलाले उक्त विचारधारालाई चुनौती दिने बताए । मुख्यमन्त्री यादवले हेटौँडाको भेला पछि संघीयताले सरकारको निरङ्कुश सामन्ती शासन व्यवस्थाको अन्त्य हुने दाबी गरे । उनले संविधान कार्यान्वयनको ८ वर्षको अवधिसम्म अधिकार प्राप्तिका विषयमा प्रदेश र स्थानीय तहहरू छलफलमा नै बस्नुपर्ने बाध्यता संघीय सरकारको कमजोरीका कारण भएको बताए । संघीय राज्यमा अधिकारका विषयहरू माग गर्दै सरकारहरूले दबाब दिनुपर्ने अवस्था निम्तिनु लज्जाको विषय भएको उनको भनाई छ ।
मुख्यमन्त्री यादवले प्रहरी समायोजन, जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीहरू प्रदेश मातहतमा ल्याउने कामका लागि संघीय सरकारलाई दबाब लिएर प्रदेश सरकारहरू अघि बढ्ने बताए । उनकाअनुसार राजस्व सङ्कलन बाँडफाँडका विषयमा आवश्यक व्यवस्थापन गर्न अपरिहार्य रहेकोले त्यसतर्फ संघीय सरकारको ध्यान आकर्षित हुनुपर्नेछ । प्रदेश सरकारले अधिकार प्राप्तिको लडाइ लडिरहँदा स्थानीय तहहरूले पनि त्यसमा सहायता प्रदान गर्नुपर्ने उनको भनाई छ ।
प्रदेश सरकारले स्थानीय तहहरूसँग समन्वय गरे मात्र काम गर्ने र सहकार्यको भावना अनुरूप आवश्यक अधिकारहरू प्रत्यायोजन गर्ने उनले बताए । प्रदेश सरकारहरूले स्थानीय तहलाई अङ्कुश नलगाउने पनि उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुलेगौडा–हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै
-
‘अमेरिका जानुअघि सोच्नु’ भन्दै चीनले जारी गर्यो एड्भाइजरी
-
वर्षाले कहाँ–कहाँ छ राजमार्ग अवरुद्ध ?
-
काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस रोशीमा दुर्घटना
-
डोमिनिकन गणतन्त्रमा क्लबको छत भत्किँदा १८४ जनाको मृत्यु
-
गाजाको ठुलो हिस्सा कब्जा गरिरहेछ इजरायल, २३ को गयो ज्यान