सुनको मूल्य १ लाख २२ हजारबाट झर्यो, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, १३ पुस २०८०, ११ : १८

काठमाडौँ । शुक्रवार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार ३ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १३ सय रुपैयाँले घट्दै १ लाख २० हजार ७ सय रुपैयाँमा झरेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख २० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ४५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
-
१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन
-
प्रचण्ड के आधारमा सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिन्छन् ?
-
जम्मु-कश्मिरमा मारिएका सुदीपको सम्झनामा दीप प्रज्वलन
-
हिमालयन रि–इन्स्योरेन्सलाई वैदेशिक रोजगार म्यादी जीवनबीमा पुल सञ्चालनको अधिकार
-
पैदल यात्रुको मृत्यु प्रकरण : ६ दिनसम्म किन जलाइएन शव ?