बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

क्रिकेटर कुशल मल्ललाई १ लाख १ हजार राशिको संस्कृति स्पोर्टस् सम्मान

शुक्रबार, १३ पुस २०८०, १० : ०७
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । संस्कृति इन्टरनेसनल स्कुलले ‘संस्कृति स्पोर्टस् सम्मान २०२३’ क्रिकेटर कुशल मल्ललाई प्रदान गरेको छ । खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले २०२२ मा स्थापना गरिएको यो अवार्ड हरेक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार एक उत्कृष्ट खेलाडीलाई प्रदान गरिँदै आएको छ । 

मल्ल एसियन गेम २०२३ को उद्घाटन खेलमा मङ्गोलिया विरुद्ध टि२० इन्टरनेसनल क्रिकेटमा ३४ बल खेल्दै विश्व कीर्तिमानी शतक बनाउने पहिलो खेलाडी बन्न सफल भएका थिए ।
कुशल मल्ललाई उक्त अवार्ड स्कुलका चेयरपर्सन रञ्जित आचार्य र डाइरेक्टर दिप्ती आचार्यको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले हस्तान्तरण गरे ।  अवार्डको साथै मल्ललाई रू.१ लाख १ हजार रुपैयाँ रकमको चेक पनि प्रदान गरिएको छ ।

त्यसै गरी सोही कार्यक्रममा सोनी पाख्रिनलाई रू. ५०,००० बराबरको ट्रेनिङ स्कलरशिप प्रदान गरिएको छ । यो स्कलरशिप व्यावसायिक तालिम लिन नसक्ने देशभरका १९ वर्षमुनिका खेलाडीहरू मध्य १ जना योग्य क्रिकेटरलाई प्रदान गरिन्छ । सोनी पाख्रिन हाल महिला राष्ट्रिय क्रिकेट टिममा आबद्घ हुनुहुन्छ । प्रशिक्षण पारस खड्काद्वारा सञ्चालित क्रिकेट एक्सिलेन्स सेन्टरमार्फत प्रदान गरिन्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप