अदालत पुग्यो मित्रमिलन सहकारी ठगीको फाइल

पोखरा । पोखराको मित्रमिलन सहकारीको रकम अपचलन गरेको रिपोर्ट सहितको फाइल अदालतमा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गरेको हो । सरकारी वकिलको कार्यालयले प्रहरीको रिपोर्टका आधारमा थप अनुसन्धान गरी फाइल अगाडी बढाएको हो । सहकारीको ३१ करोड बिगो दाबीसहित ३२ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो ।
सहकारीका ५ जना पक्राउ परिसकेका छन् भने अन्य फरार छन् । फरार रहेकाको खोजी भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । अध्यक्ष रमण पौडेल, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, सञ्चालक सदस्य गोपाल खनाल, राजु बराल र बुद्धीसागर पौडेल पक्राउ परेका छन् ।
सहकारीको कार्यक्षेत्र विस्तार गर्ने भनेर घुस खाएको आरोपमा आरोपमा तत्कालीन प्रदेश रजिष्ट्रार तथा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पनि पक्राउ परेका छन् । उनी विरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राष्ट्रिय सहकारी बैंकका कर्मचारी सन्तोष घिमिरे फरार छन् ।
पराजुलीले १ करोड ५ लाख घुस लिएको आरोप छ भने घिमिरेले कारोबारका क्रममा ४० लाख भन्दा बढी लिएको बयान अध्यक्ष रमणले प्रहरीलाई दिएका थिए ।
३ हजार ४ सय ४६ बचतकर्ताले १८ करोड २३ लाख रुपैयाँ सहरकारीमा जम्मा गरेका थिए । उक्त सबै रकम ठगी भएको बचतकर्ताको गुनासो छ । सहकारीको वित्तीय विवरण अनुसार अनुसन्धानका क्रममा २६ करोड ८३ लाख हिनामिना भएको रिपोर्ट निकालिएको थियो ।
प्रहरीले चाहिँ ३१ करोड बिगो दाबी गरेको छ । यो सहकारीमा वडाध्यक्ष देखि पत्रकार, कानुन व्यवसायी र ठुला घरानाका व्यवसायीहरू समेत जोडिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
-
रेशम चौधरी पक्राउपछि कार्यकर्ताको नाराबाजी (तस्बिरहरू)
-
‘मेजर ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्ता गठबन्धन दलहरूको सुझाव
-
रेशम पक्राउ परेपछि प्रज्ञामा नाराबाजी र अन्योल, तस्बिरहरू
-
‘मधेसी र थारु नमिलुन् भनेर रेशमलाई पक्राउ गरियो’
-
दीपेन्द्र ऐरी नेतृत्वको नेपाल पहेँलोले आसिफ शेख नेतृत्वको नेपाल हरियोलाई हरायो