इङ्लिस प्रिमियर लिगः टोटनह्यममाथि ब्राइटनको शानदार जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले टोटनह्यम हटस्परमाथि शानदार जित निकालेको छ । बिहीबार राति सम्पन्न खेलमा ब्राइटनले टोटनह्यम हटस्परलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।
ब्राइटनको जितमा जाओ पेड्रोले २ गोल पेनाल्टीमा गर्दा ज्याक हेन्सलवुड र प्रेभिस जोसुले एक एक गोल थपेका थिए । टोटनह्यामका लागि एलेजो वेलिज र बेन्जामिन डाभिसले एक एक गोल फर्काए ।
घरेलु मैदानमा ब्राइटनल ११ औँ मिनेटमा अग्रता लिएको थियो । पेड्रोको पासमा हेन्सलुवडले गोल गरका थिए ।२३ औँ मिनेटमा पेड्रोले पेनाल्टीमा गोल गरेका थिए । डीबक्स भित्र ह्यान्ड भएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गरेपछि ब्राइटन २–० ले अघि बढेको थियो ।
६३ औँ मिनेटमा ब्राइटनले गोल गर्दै खेल ३–०मा पु¥याएको थियो । उसका लागि प्रेभिस जोसुले जेम्स मिल्नरको पासमा गोल गरेका थिए ।
७५ औँ मिनेटमा फेरि पेनाल्टीमा पेड्रोले गोल गर्न सफल भए । उनले पेनाल्टीमै लगातार २ गोल गर्दा ब्राइटन ४–० को सहज अवस्थामा पुगेको थियो ।
८१ औँ मिनेटमा टोटनह्यामका लागि एलेजो बेलिजले सन हिउङ मिनको पासमा गोल गर्दै अग्रता ४–१ मा झारे । ८५ औँ मिनेटमा पेड्र पोरोरोको पासमा डाभिसले गोल गर्दै ४–२ मा ल्याए पनि जितका लागि पर्याप्त भएन ।
जितसँगै ब्राइटन ३० अङ्क बनाएर तालिकाको आठौैं स्थानमा उक्लँदा टोटनह्याम भने ३६ अंकका साथ पाँचौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा