मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

आहारारा गोल्डकप माघ ९ गतेदेखि हुने

बिहीबार, १२ पुस २०८०, २१ : ३९
बिहीबार, १२ पुस २०८०

पोखरा । आहारारा गोल्डकपको २३ औं संस्करण आउँदो माघ ९ गतेदेखि हुने भएको छ । प्रतियोगिता २० गतेसम्म हुनेगरी अखिल नेपाल फुटबल संघबाट मिति तय भएको आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

प्रतियोगितामा विदेशी टिमसहित नेपालका ए डिभिजन क्लब सहभागी हुनेछन् । गत वर्षको प्रतियोगितामा विजेताले १२ लाख र उपविजेताले ६ लाख नगद पुरस्कार पाएका थिए । यो वर्ष सकेसम्म पुरस्कार राशि थप्ने तयारी छ ।

प्रतियोगितामा १२ टिमको सहभागिता हुने क्लबका महासचिव रामजी अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा रहेका बालकहरुको शिक्षादीक्षामा प्रयोग हुनेछ । 

एकेडेमीमा अहिले चौथो ब्याच चलिरहेको छ । ८ जिल्लाका १४ जना बालकहरु आश्रित रहेका क्लबले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप