बन्द भएका ६७ मेडिकल शिक्षण संस्थाका सञ्चालकले बुझाएर सरकारलाई साँचो

काठमाडौँ । मेडिकल शिक्षण संस्थाका सञ्चालकहरूले बिहीबार सरकारलाई साँचो बुझाएका छन् । देशभरका पीसीएल नर्सिङ अध्यापन गराउँदै आएका शिक्षक संस्थाका सञ्चालकहरूले शिक्षण संस्थाको साँचो सरकारलाई बुझाएका हुन् ।
उनीहरूले शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री अशोशकुमार राई, शिक्षा सचिव सुरेश अधिकारी, संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई शिक्षण संस्थाको साँचो बुझाएका छन् ।
परिषद्बाट सम्बन्धन प्राप्त गरी २०५७ सालदेखि प्रवीणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएका देशभरका ७६ शिक्षण संस्थाहरूले २०७८ सालदेखि पीसीएसल नर्सिङ तर्फ विद्यार्थी भर्ना गर्न पाएका छैनन् । २०७७ सालमा भर्ना भएका विद्यार्थीहरूको अन्तिम परीक्षा मङ्सिर २६ गते सम्पन्न भएको छ । उनीहरूको परीक्षा सकिएसँगै ती शिक्षालयहरूमा विद्यार्थी नहुने अवस्थामा पुगेका छन् ।
हाल वार्षिक परीक्षा दिएर बसेका २०७८ ब्याचका नियमित तर्फका २६८० विद्यार्थीहरू तथा त्यस अघिका आंशिक परीक्षा दिएका विद्यार्थीहरूको समेत नतिजा प्रकाशन, चारित्रिक प्रमाणपत्र वितरणमा समस्या देखिएको छ । २०५७ सालदेखि यी शिक्षालयहरूमा अध्ययन सम्पन्न गरेका विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण समेत समस्या देखिएको सञ्चालकहरूको दाबी छ ।
हरेक शिक्षालयमा कार्यरत १५ जना नर्सिङ प्रशिक्षकहरू, १० जना प्रशासनिक कर्मचारीहरू गरी देशभरमा १ हजार ५ जना नर्सिङ प्रशिक्षकहरू, ६७० जना प्रशासनिक कर्मचारीहरूलाई नर्सिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी निर्णय नहुँदा सम्मको लागि बाध्यात्मक बेतलबी बिदामा राखिएको छ । नर्सिङ कार्यक्रम बन्द रहेकोले शिक्षण संस्थामा भएको करोडौँको लगानी धराशायी भएको फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका अध्यक्ष डा. नेत्र राज चटौतले बताए ।
चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले ३८ दिन सम्म माइतीघर मण्डला धर्ना दिएका थिए । त्यस्तै देशभर नै विभिन्न खालका आन्दोलन समेत गरेका थिए ।
आफूहरूको समस्या समाधानको लागि एक महिनाभित्रै उचित निर्णय गर्न अनुरोध गरिएको अध्यक्ष चटौतले बताए ।
बन्द भएको शिक्षण संस्थाहरूमा भर्ना खोली नर्सिङ शिक्षामा अध्ययनको अवसर, शिक्षक तथा कर्मचारीको रोजगारीको अवसर, शिक्षण संस्थाको आर्थिक लगानीको सुरक्षाको प्रत्याभूति गर्न माग गरे ।
देशभरका ६७ नर्सिङ शिक्षालयहरूको बन्द रहेको ताला खोल्न शिक्षण संस्थाहरूको साङ्केतिक साँचो र विवरण बुझाइएको अध्यक्ष चटौतले बताए ।
बन्द भएका शिक्षण संस्थाको विवरण:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित