प्राधिकरणको बीमा कार्यक्रमबाट लाभ लिँदै मधेसका महिला पत्रकारहरू
सिमरा । आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले बारा सिमराकी सञ्चारकर्मी रञ्जना खतिवडालाई बिहीबार स्वास्थ्य बीमाबापतको प्राप्त रकम हस्तान्तरण गरेका छन् ।
सिमरा स्थित रेडियो नागरिक ९०.८ मेगाहर्जको समाचार प्रमुख खतिवडालाई २६ हजार ६ सय ७३ रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । गत वैशाखमा ढाडमा पलाएको ट्युमरको शल्यक्रिया गरेकी खतिवडाले बीमाबापत उक्त रकम प्राप्त गरेकी हुन् । आमसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७९/०८० मा जीटुजी पोलिसी अन्तर्गत सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग मधेस प्रदेशका एक सय १० जना पत्रकार महिलाहरूको बीमा गरेको थियो ।
मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको निकाय प्राधिकरणले गरेको उक्त बीमा कार्यक्रम अन्तर्गत खतिवडालाई बीमा सुविधा बापतको रकम हस्तान्तरण गरिएको हो । प्राधिकरणको बीमा कार्यक्रमबाट बीमितको रूपमा लाभग्राही हुने खतिवडा पहिलो महिला सञ्चारकर्मी हुन् ।
नेपाल पत्रकार महासंघ बाराकी सदस्य खतिवडालाई चेक हस्तान्तरण गर्दै अध्यक्ष यादवले महिला पत्रकारलाई लक्षित गरी अघिल्लो वर्ष सुरु गरिएको बीमा कार्यक्रमलाई निरन्तरता दिइएको बताए । प्रदेशका सबै पत्रकार महिलाहरूलाई बीमा कार्यक्रममा सहभागी हुन सार्वजनिक सूचनामार्फत आह्वान गरेर सहभागी गरिएको बताउँदै उनले बीमा सुविधाका लागि जनकपुरधाम स्थित प्राधिकरणसँग सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालका लागि पाथीभरा केबलकारको निर्माण कार्य स्थगित गर्ने सहमति
-
‘ताण्डवम्’को पहिलो गीत हिमानी (ए सानु) सार्वजनिक
-
पाथीभरा केबलकार निर्माणबारे सरकार र आन्दोलनरत पक्षबिच ६ बुँदे सहमति
-
१० बजे १० समाचार : रविविरुद्ध अर्को मुद्दा, कांग्रेसभित्र नयाँ मत
-
योगमाया सखी बनेकी जेरी भन्छिन्– संगीतसहितको प्रवचन गर्न लागेको हुँ
-
सीडीओलाई प्रहरी परिचालनको जिम्मा दिने प्रस्तावमा पूर्व आईजीपीहरुको चिन्ता