त्रिविमा राजनीतिक भागबण्डा अन्त्यका लागि अनेरास्ववियुले थाल्यो आन्दोलन

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबण्डाका विरुद्ध आन्दोलन थालेको छ । अनेरास्ववियु जिल्ला कमिटी कीर्तिपुरले राजनीतिक भागबन्डाविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्दै आन्दोलन थालेको हो ।
प्रधानमन्त्री कुलपति हुने व्यवस्था खारेज गर्नुपर्ने, बोर्ड अफ ट्रस्टीजमार्फत विश्वविद्यालय सञ्चालन गर्नुपर्ने, र राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै अनेरास्ववियुले आन्दोलन थालेको हो ।
बिहीबार त्रिवि विश्वविद्यालय केन्द्रीय क्याम्पसमा ब्यानर राखेर विरोध सुरु गरेको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए । त्रिविमा त्यसका विरुद्धमा दबाब दिन हस्ताक्षर समेत संकलन थालेको छ । सबै क्याम्पसहरूमा हस्ताक्षर संकलन गरेर आइतबार प्रधानमन्त्री र शिक्षा मन्त्रीसमक्ष पेस गरिने बडालले बताए । त्यसपछि बेवास्ता गरिए थप संघर्षका कार्यक्रम घोषणा गरिने अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले जनाएको छ ।
अनेरास्ववियुले त्रिविमा हुने राजनीतिक भागबण्डा अन्त्यको माग लामो समयदेखि राख्दै आएको छ । बोर्ड अफ ट्रष्टीजमार्फत त्रिवि चलाउनुपर्ने र त्यही मार्फत नियुक्ति गर्नुपर्ने अनेरास्ववियुको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्री र मन्त्रीहरूले कति सम्पत्ति पुर्याएपछि सार्वजनिक गर्नुहुने हो ?’
-
रातारात विकासको लहर चल्छ भन्ने सोच्नुभएको थियो, त्यो अनुसार गर्न सकिएन : प्रचण्ड
-
प्रतिगामी हर्कतका छिटपुट बाछिटा जहाँ देखापरे त्यहीँ अन्त्य गरिनुपर्छ : एमाले
-
अर्बौँको सार्वजनिक सम्पत्तिमा डाबर नेपालको रजाइँ
-
प्रधानमन्त्रीलाई एक पशु चिकित्सकको चिठी
-
उदाहरणीय बन्दै सुरौदी तिखेढुङ्गामा खरबुजाखेती