एमाले–माओवादी कार्यदल प्रतिवेदन : भारतसँगको सम्बन्धबारे मौन !
काठमाडौं– एमाले र माओवादीले एकीकृत पार्टी निर्माणका लागि राजनीतिक प्रतिवेदनको मस्यौदा तयार पारिसकेका छन् । तर, माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेर दुवै पार्टीका अध्यक्षलाई बुझाएको उक्त प्रतिवेदनमा भारतबारे चाहिँ ठोस विश्लेण केही छैन ।
‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र विश्व कम्युनिस्ट आन्दोलन’ शीर्षकको बुँदामा अन्तर्राष्ट्रिय सम्बन्धबारे लेखिएको छ, ‘पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसङ्घको वडापत्रको आधारमा समानता, स्वतन्त्रता र पारस्पिरिक आपसी राष्ट्रिय हितको आधारमा कूटनीतिक सम्बन्ध विस्तार गर्ने, उत्पीडित राष्ट्रहरू तथा श्रमजीवी वर्गका हकहित र मुक्तिको आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्ने र आफ्नो ठाउँबाट विश्व शान्ति, न्याय र समानताको आन्दोलनलाई सघाउने हाम्रो नीति हुनु पर्छ ।’
भारतको नाम नलिई प्रतिवेदनमा लेखिएको छ, ‘नेपाललाई आर्थिक सुरक्षासम्बन्धी गतिविधिमा आफूमाथि निरन्तर आश्रित बनाएर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने नेपालको राजनीतिलाई समेत आफ्नै प्रभावमा निरन्तर राखिरहने छिमेकी शासकहरूको व्यवहारले गर्दा नेपालले नवउपनिवेशवादी नीति र व्यवहारविरुद्ध समेत निरन्तर सङ्घर्ष गरिरहनुपरेको छ । नेपालको स्वाधीनता, सार्वभौमसत्ता र स्वाभिमानलाई सुदृढ पार्न निरन्तर लागिरहनुपर्छ ।’
यसबाहेक प्रतिवेदनमा आगामी कार्यभार शीर्षकमा ‘स्वतन्त्र परराष्ट्रनीति र राष्ट्रिय हितको प्रवद्र्धन’को विषय छ । जहाँ लेखिएको छ, ‘राष्ट्रिय हितको रक्षा गर्न संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्तमा आधारित हुँदै राष्ट्रिय हित अनुकूल परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ । असमान सन्धिसम्झौताको पुनरावलोकन गर्दे पारस्परिक लाभ, सम्मान, समानता र राष्ट्रिय हित अनुरूप नयाँ सन्धिसम्झौता गरिनुपर्छ । स्थापित अन्तर्राष्ट्रिय कानुन र कूटनीति मर्यादा अनुरूप अन्तर्राष्ट्रिय क्षेत्रमा क्रियाशील हुँदै यस्तै मर्यादा देशभित्र अन्य देशका नियोगहरू तथा नेपाल भ्रमणमा आउने विदेशी नेता र प्रतिनिधिमण्डलहरूसँगको भेटघाट र सम्बन्धका सन्दर्भमा स्थापित नेता र कार्यकर्तालाई परिचालित गर्नुपर्छ ।’
यसबाहेक प्रतिवेदनका अन्य केही अंश
–२००७ सालदेखिका विभिन्न सशस्त्र र शान्तिपूर्ण सङ्घर्ष, झापा विद्रोह, माओवादी जनयुद्ध, उत्पीडित समुदायले चलाएका विभिन्न आन्दोलनले सामन्तवादविरोधी पुँजीवादी जनवादी क्रान्ति अर्थात लोकतान्त्रिक क्रान्तिलाई मूलतः कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूको नेतृत्वमा पूर्णता दिने वस्तुगत र आत्मगत आधार तयार गर्यो । एकातिर एमालेको नेतृत्वमा शान्तिपूर्ण र वैधानिक बाटोबाट अगाडि बढिरहेको धारले कम्युनिस्ट आन्दोलनका जनताको बीचमा लोकप्रिय, स्थापित रारष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा व्यापक बनाउन भूमिका खेल्यो भने अर्कोतिर माओवादी जनयुद्धले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र विभिन्न सांस्कृतिक समुदायका जनताको बीचमा महत्वपूर्ण जागरण ल्याउने, सङ्गठित र आन्दोलित गर्ने काम गर्यो । यसरी प्रतिकृयाबादी राज्य व्यवस्थालाई कमजोर बनाउँदै सङ्घीय लोकतान्त्रिकम गणतन्त्र स्थापना र पुँजीवादी जनवादी क्रान्तिलाई पूर्णता दिने महत्वपूर्ण आधार तयार भयो ।
नेपाली समाजको चरित्र कस्तो, यस्तो लेखियो एकीकृत पार्टीको प्रतिबेदनमा
–पुँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभारलाई नयाँ ऐतिहासिक चरणको नयाँ रणनीति र कार्यनीति कार्यान्वयनका क्रममा, वर्गसङ्घर्ष एवम् क्रान्तिकारी आन्दोलनको विकासका क्रममा र लोकतान्त्रीकरणको विस्तार एवम् समाजवाद उन्मुख कार्यक्रम लागू गर्ने क्रममा पूरा गर्दै अघि बढ्नुपर्छ ।
एमाले-माओवादी एकतापछि यस्तो बन्नेछ एकीकृत पार्टी
–अहिले हामी शान्तिपूर्ण प्रतिपर्धाको बाटोबाट अघि बढिरहेका छौं तर हाम्रो यो बाटो हाम्रो चाहाना वा विश्वासमा मात्र आधारित हुनेछैन । क्रान्ति, समाजवाद, राष्ट्र एवम् जनताका शत्रुहरू कुन रूपमा प्रस्तुत हुनेछन् भन्ने कुरासमेतले यसलाई निर्धारित गर्नेछ । त्यसैले सङ्घर्षको कुन रूप र विधिलाई अपनाउनुपर्छ भन्ने विषय ठोस परिस्थतिले निर्धारण गर्नेछ भन्ने कुरामा पनि हामी प्रष्ट छौं । लक्ष्य र कार्यक्रमलाई केन्द्रविन्दुमा राखेर परिस्थतिले माग गरेअनुसार सङ्घर्षका रूप र जनताको निर्णयक भूमिकालाई स्वीकार्ने छौं र सोहीअनुरूप नेतृत्व गर्छौं ।
एमाले–माओवादी एकता : दुई अध्यक्षका यस्ता हुनेछन् संयुक्त आठ अधिकार
–समाजवादको नाममा ‘राज्य नोकरशाही पँुजीवदालाई’ वैधता दिनेगरी वा त्यसलाई प्रश्रय दिने अर्थतन्त्र अवलम्बन गरिने छैन । सर्वहारा श्रमजीवी वर्गको सत्ता, आम सर्वहारा श्रमजीवी वर्गमाथिको उत्पीडनको अन्त्य, उत्पादक शक्तिको पूर्ण विकास, आर्थिक उत्पादनको प्रचूरता समन्यायिक वितरण, सहकारिताको सही प्रयोग, पर्यावरणका रक्षा अबको समाजवादी आर्थिक मोडेलको सामान्य विशेषता हुनेछ । हामी यसलाई ठोस रूपमा थप विकास गर्दै लैजाने छौँ ।
–पुँजीवादी उत्पादक शक्तिको विकास कमजोर रहेको, राष्ट्रिय स्वाधीन अर्थतन्त्रको विकास भई नसकेको, मुलुक अत्यधिक परनिर्भरताबाट गुज्रिरहेको लगायत कारणले अहिले नै समाजवाद निर्माणका निम्ति उत्पादनलगायत अन्य भौतिक आधार खडा भएको छैन । उत्पादक शक्तिको विकासको वर्तमान स्थिति, तत्कालीन लक्ष्य बनाउन वा समाजवादलाई तात्कालीन कार्यदिशा बनाउनु उपयुक्त हुनेछैन । यसले तत्कालीन रूपमा अर्को विशिष्ट राजनीतिक कार्यदिशाको माग गर्दछ ।
काँग्रेसवारे यस्तो प्रतिवेदन लेख्यो एमाले–माओवादी कार्यदलले ?
–नेपाली समाजमा दलाल तथा नोकरशाही पुँजीवादले उत्पादक शक्तिको विकास र अन्ततः उत्पादन र समृृद्धिमा अवरोध उत्पन्न गरिरहेको छ । यतिबेला नेपाली जनताको विकास, प्रगति, समृद्धिको तीव्र आकाङ्क्षाको सम्बोधन, मुख्य आवाश्यक्ता हो । यो आवश्यक्ता र अविकसित, पिछडिएको र विपन्न अवस्थाबीच ठूलो अन्तरविरोध छ । तसर्थ राष्ट्रिय औद्योगिक पुँजीवादको विकास र समृद्धिको बाटोमा अवरोध उत्पन्न गर्ने वर्ग, शक्ति, प्रवृत्ति र तत्वहरूसँग नेपाली जनताको मुख्य अन्तरविरोध रहेको छ ।
माओवादी मन्त्रीहरुको प्रचण्डसमक्ष गुनासो–प्रधानमन्त्रीज्यूको रवैया ठीक भएन
–संविधानको कार्यान्वयन र विकास, शान्तिपूर्ण बुहदलीय प्रतिस्पर्धामार्फत सरकार निर्माण, राष्ट्रिय स्वाधीनता एवम् हितको रक्षा, समाजवादउन्मुख समावेशी लोकतन्त्रको सफल प्रयोग, सामाजिक न्यायसहितको सम्बृद्धि र समाजवादको आधार निर्माण नै हाम्रो मूल राजनीतिक कार्यनीति हो । यो मूल कार्यनीति तत्कालै फेरबदल हुने सामान्य होइन । यसले समयसापेक्ष रूपमा लामो अवधिसम्म हाम्रो समाज, राजनीति र वर्गसङ्घर्षलाई दिशा निर्देशित गर्नेछ ।
–तर, अहिले प्रमुख प्रतिपक्ष बनेको नेपाली काँग्रेस चुनावबाट पराजित बनेपछि लोकतान्त्रिक मूल्यमान्यतामा आधारित जिम्मेवार भूमिका निर्वाह गर्न सकिरहेको छैन । निर्वाचन परिणाम आइसकेपछिको नेपाली काँग्रेसको कामचलाउ सरकारले गरेको निर्णय तथा काम अलोकतान्त्रिक र गलत मात्रै होइन, गैरजिम्मेवार तथा घातक पनि रहे । नेकाको नेतृत्वले सरकारको विरोध गर्न सय दिन पनि नकुर्ने घोषणा गरेबाट प्रतिपक्षको भूमिका रचनात्मक होइन, निषेधात्मक हुनेसङ्केत गर्छ ।
–सबै प्रकारका प्रतिकृयावादी, हस्तक्षेपकारी, आत्मसमपर्णवादी, दलाल शक्ति र तत्वहरूले हाम्रो प्रगतिको बाटोमा अवरोध उत्पन्न गर्ने र असफल पार्ने दुस्प्रयत्न गर्नेछन् । हामीले यस्ता दुस्प्रयत्नलाई असफल पार्दै सामाजवादको आधार निर्माण गर्ने काम सफल पार्नुपर्छ ।