नाडाको अध्यक्षमा चौधरीलाई तीन आकांक्षीको समर्थन
![नाडाको अध्यक्षमा चौधरीलाई तीन आकांक्षीको समर्थन](https://npcdn.ratopati.com/media/news/nada-news_FNfzZQESuw.jpg)
काठमाडौँ । नाडाको भावी अध्यक्ष व्यवसायी करण चौधरी नै बन्ने पक्का भएको छ । आकांक्षी आकाश गोल्छा, प्रकाश कपुरी र नवराज डल्लाकोटीको समेत समर्थनमा चौधरी नाडाको सर्वसम्मत अध्यक्ष बन्ने भएका हुन् । नाडाको ४७ औँ वार्षिक साधारण सभा सहितको अधिवेशन यहीँ पुस २० र २१ गते काठमाडौँमा हुँदैछ ।
यसअघि अध्यक्षका आकांक्षी आकाश गोल्छा र प्रकाश कपुरीले चौधरीसँग चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरेका थिए । तर, नाडाको वर्तमान अध्यक्षसहित पूर्व अध्यक्ष लगायतको कसरतपछि गोल्छा र प्रकाश सहमतिमा आउँदै चौधरीलाई नै अध्यक्ष मान्न तयार भएका थिए ।
यसपटकको कार्यकालमा चौधरीलाई अध्यक्ष मान्ने र अर्को पटक गोल्छा स्वतः अध्यक्ष हुनेगरी विधान संशोधन गरे वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेर जाने सहमति भएको बताइएको छ । तर, यस्तो सहमति भएसँगै बिच्किएका व्यवसायी नवराज डल्लाकोटीले आफू सहमति नमान्ने र चौधरीको विरुद्धमा आफूले उम्मेदवारी दिने घोषणा गरेका थिए । डल्लाकोटी नाडाका पूर्व उपाध्यक्ष समेत हुन् ।
डल्लाकोटीको उम्मेदवारी पर्ने भएपछि सहमतिको वातावरण भत्किने र नाडाको नेतृत्व चुनावमा होमिने खतरा बढेपछि अध्यक्षसहित पूर्व अध्यक्षहरू पुनः सहमतिमा जुटेका हुन् । बिहीबार ललितपुरमा बसेको बैठकले सहमतिको वातावरण बनेको र डल्लाकोटीले चौधरीलाई समर्थन गरेको अध्यक्ष डा.ध्रुव थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीद्वारा माइतीघर मण्डलमा दीप प्रज्वलन, तस्बिरहरु
-
पोखराका १९ कर्मचारीको स्थायी नियुक्ति सदर
-
माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षमा टिका
-
शरतसिंह भण्डारीको मन्त्री पद धरापमा !
-
नयाँ शक्तिको निर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण
-
ठमेलमा प्रहरीलाई कुट्ने अनेरास्ववियुका नेता कमल जोशी पक्राउ