किस्तामा बक्यौता भुक्तानी गर्न उद्योगीलाई कुलमानको आग्रह

काठमाडौँ । कुलमान घिसिङले बक्यौता बाँकी रहेका उद्योगीलाई किस्ता किस्तामा भुक्तानी गर्न आग्रह गरेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले उद्योगीलाई किस्ता किस्तामा बक्यौता बापतको रकम भुक्तान गर्न आग्रह गरेका हुन् ।
उनले अर्बौँ रकम एकै पटक भुक्तान गर्न समस्या हुने बारे प्राधिकरण समेत जानकार रहेको बताए । प्राधिकरणको हिसाबमा उद्योगीले २२ अर्ब २४ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । र यो रकम ६१ वटा उद्योगबाट हुनुपर्ने छ ।
यीमध्ये जगदम्बा स्टिलले मात्रै ४ अर्ब १५ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने प्राधिकरणको हिसाबकिताब छ । यस्तै, हालसम्म लाइन काटिएका उद्योगहरूको मात्रै १२ अर्ब रुपैयाँभन्दा धेरै रकम भुक्तानी गर्नुपर्ने प्राधिकरणको हिसाब छ ।
त्यसैले उद्योगीलाई प्राधिकरणले किस्ता किस्तामा भुक्तान गर्ने गरी व्यवस्था मिलाउने उनको भनाइ छ । ‘हामी उद्योगीलाई समस्यामा पार्दैनौँ,’ उनले भने, ‘हामी उद्योगलाई संरक्षण र सवर्द्धन गर्न तयार छौँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको नक्कली पोसाक लगाई डर देखाएर जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान
-
खाद्यवस्तुहरू परीक्षणको लागि भारतमै जानुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य
-
दलहरुबीचको सहकार्यबाटै गणतन्त्रको रक्षा गर्न सकिन्छः बाबुराम
-
जुनमा संसारकै अग्लो पुल सञ्चालनमा ल्याउँदैछ चीन
-
सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ चरा भेटियो