हिजबुल्लाह र लेबनानलाई इजरायलको चेतावनी

तेल अभिभ । इजरायलका एक मन्त्रीले हिजबुल्लाहले आक्रमण जारी राखेमा इजरायली सेनाले लेबनानको सीमाबाट हिजबुल्लाहलाई हटाउन कारबाही गर्ने चेतावनी दिएका छन् । यदि विश्व र लेबनानी सरकारले उत्तरी इजरायलमा चरमपन्थीहरूको गोलाबारी रोक्न नसके इजरायली सेनाले हस्तक्षेप गर्ने मन्त्री बेनी गान्ट्जले बताएका हुन् ।
उनले अब कूटनीतिक समाधान खोज्ने समय सकिएको बताएका हुन् । अक्टोबर ७ मा हमास र इजरायलबिच सुरु भएको युद्धपछि इजरायल र लेबनानबिचको सीमा क्षेत्रमा गोली हानाहानका घटनाहरू बढेका छन् । जसका कारण गाजाको युद्ध सम्पूर्ण क्षेत्रमा फैलिन सक्ने चिन्ता पनि बढिरहेको छ ।
‘इजरायलको उत्तरी सिमानामा स्थिति परिवर्तन गर्न आवश्यक छ,’ गान्ट्जले बुधबार पत्रकार सम्मेलनमा भने, ‘कूटनीतिक समाधानको लागि समय सकिँदैछ, यदि विश्व र लेबनानी सरकारले उत्तरमा इजरायलको गोलाबारी रोक्न र हिजबुल्लाहलाई सीमाबाट हटाउन कदम चालेन भने इजरायली सेनाले गर्नेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोसपा नेपालको महाधिवेशन पुनः सर्ने
-
किर्तिपुरस्थित क्रिकेट मैदान निर्माण कार्यको निरिक्षण अब मन्त्रालयबाटै
-
तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना
-
इजरायलको चेतावनीपछि रफाहका बासिन्दाको भागाभाग
-
चेल्सीका युवा मिडफिल्डर एन्जोलाई भित्र्याउने योजनामा रियल म्याड्रिड
-
सविन महर्जनलाई एउटा गोली लागेको पोस्टमार्टम रिपोर्ट