प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : अघिल्लो चरणमा पुग्ने चारवटै टोलीको टुङ्गो

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको अघिल्लो चरणमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । काठमाडौँमा बिहीबार खेलिएको खेलपछि अघिल्लो चरणमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो ।
प्रतियोगितामा सहभागी आठवटै टोलीले अब एक–एक खेल मात्र खेल्न बाँकी छ । लिग चरणको अन्तिम खेल शनिवार खेलिने छ । लिग चरणको अन्तिम खेलपछि अघिल्लो चरणमा क्वालिफायर र इलिमिनेटर खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।
अन्तिम चरणको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशको, सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशको, मधेस प्रदेशले कर्णाली प्रदेशको र कोशी प्रदेशले लुम्बिनी प्रदेशको सामना गर्ने आयोजक नेपाल क्रिकेट संघले जनाएको छ ।
तर, शनिवार खेलिने लिग चरणको अन्तिम खेलअगावै एपीएफ क्लब, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश अघिल्लो चरणमा पुग्ने पक्का भएको हो । सबै टोलीले एक–एक खेल खेल्न बाँकी रहँदा अपराजित एपीएफको १२, कोशीको १०, सुदूरपश्चिमको आठ, बागमतीको आठ, लुम्बिनीको चार, मधेसको चार, गण्डकीको दुई र कर्णाली प्रदेशको शून्य अंक रहेको छ ।
बिहीबार खेलिएको खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई आठ विकेटले पराजित गर्यो । अर्को खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्यो । एपीएफ क्लबले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गर्यो । अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत