मन्त्रिपरिषद् बैठक
*सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल ३६ सय ५०
बिहीबार, १२ पुस २०८०, १६ : ३७
१

काठमाडौँ । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ निर्धारण गरेको सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
(यसअघि समाचारमा ३६ सय ५० हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । -सम्पादक)