आगोले जलेर शिशुको मृत्यु
बिहीबार, १२ पुस २०८०, १५ : ५३

खलङ्गा । दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुदाँ उहाँका चार महिनाका छोरा विजयको मृत्यु भएको हो ।
विद्युत चुहावट भएर टमटाको घरमा आगलागी भएको हो । उनको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । प्रहरी र स्थानीयले आगो निभाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’