‘मुन्नाभाई एमबीबीएस’ शाहरुखको हातबाट कसरी उम्कियो ?

नयाँ दिल्ली । बलिउडका बादशाह शाहरुख खानले निर्देशक राजकुमार हिरानीसँग पहिलोपटक डंकीमा काम गरेका छन् । अहिले यो फिल्म हलमा चलिरहेको छ । तर यसअघि नै हिरानीले किंग खानलाई मुन्नाभाई एमबीबीएस र थ्री इडिएट्सजस्ता फिल्म पनि अफर गरेका थिए ।
हालै साउदी अरबको एमबीसी ग्रुपसँगको एउटा अन्तर्वार्तामा शाहरुखले हिरानी र आफ्नो सम्बन्धबारे बताएका थिए । मुन्नाभाईका लागि शाहरुख हिरानीको फस्ट च्वाइस थिए । फिल्मको स्क्रिप्ट नै नसुनी उनले हुन्छ भनेका थिए । शाहरुख र हिरानी पुराना साथी थिए ।
हिरानीले एडिटरको रुपमा काम गरिरहेको बेलामा फिल्मको स्क्रिप्ट लेखेका थिए । देवदासमा मृत्युको दृश्य सूट गरिरहेका बेलामा हिरानीले आएर मसँग एउटा स्क्रिप्ट छ भनेर भनेका थिए ।
यो आफूले खेल्ने अर्को फिल्म हुने भनेर शाहरुखले भनेका पनि थिए । शाहरुखले स्क्रिप्ट नै नसुनिकन फिल्मका लागि हुन्छ भनेपछि हिरानी छक्क परेका थिए । शाहरुखलाई भने फिल्मको टाइटल ‘मुन्नाभाई एमबीबीएस’ एकदम मन परेको थियो ।
देवदास सकिएपछि शाहरुख र राजकुमारले यो फिल्ममा ६÷७ महिना काम पनि गरे । तर एकदिन अचानक शाहरुखलाई चोट लाग्यो, स्पाइन इन्जरी भयो । आफू कहिलेसम्म निको हुन्छु भन्ने उनलाई थाहै थिएन । अनि फिल्म उनको हातबाट उछिट्टिएर सञ्जय दत्तको पोल्टामा पुग्यो ।
यो फिल्मबाट सञ्जयले नसोचेको सफलता हात पारे । डुब्नै लागेको करियरले नयाँ दिशा पायो । शाहरुखले समय अभावकै कारण थ्री इडिएट्समा पनि खेल्न पाएनन् । फिल्ममा खेल्न उनी तयार थिए । हिरानीसँग मिलेर उनले फिल्मको स्क्रिप्ट र कास्टिङमा काम पनि गरिसकेका थिए ।
तर समय मिलेन हिरानी फिल्मलाई पछाडि धकेल्न चाहदैंन थिए । अन्ततः शाहरुखको हातबाट यो ब्लकबष्टर फिल्म पनि छुट्यो । आमिर खानले यो फिल्ममा खेले । यो उनको करियरको सबैभन्दा हिट फिल्ममध्ये एक भयो ।
डंकीमा हिरानी र शाहरुखले पहिलो पटक सँगै काम गरेका हुन् । फिल्मले भारतमा १४५ करोड भारुको व्यापार गरेको छ भने विश्वभर यसको कमाई २८३ करोड भारु छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक