‘ह्रस्व दीर्घ’ मा जोडिए साउथ भिलेन कबीर दुहान

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’ को यतिबेला चितवनको विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । फिल्म सेटमा अभिनेत्री बिपना थापा बुधवार ज्वाइन भइसकेकी छन् ।
यस्तैमा फिल्ममा साउथ (दक्षिण भारतीय) अभिनेता कबीर दुहान सिंहको पनि भित्रिएका छन् । अभिनेत्री तथा फिल्मकी निर्माता निता ढुङ्गानाले सिंह फिल्ममा भित्रिएको जानकारी दिएकी हुन् ।
सिंह तेलुगू, तमिल र कन्नड फिल्ममा नेगेटिभ भूमिकामा देखिँदै आएका छन् । ‘किक २’, ‘वेदालम’, ‘जिल’, ‘कञ्चना ३’ लगायत दुई दर्जन बढी फिल्म उनको अभिनय छ ।
चन्द्र पन्तको निर्देशन रहेको फिल्ममा भारतीय कलाकार सिंहको अलवा ब्रह्मानन्दम, अली, प्रदीप रावत, सुनिल वर्मा पनि रहनेछन् । नेपालीमा भने निता ढुङ्गाना, हरिहर अधिकारी, बिपना थापा, गरिमा शर्मा, सरोज खनाल, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकारलगायतको अभिनय रहनेछ ।
पहिलो चरणको छायाङ्कन भारतस्थित रामोजी फिल्म सिटीमा गरेको फिल्मले दोस्रो चरणको छायाङ्कन चितवनमा थालेको हो । फिल्मलाई भारतका विभिन्न भाषामा स्वराङ्कन गराउने तयारी छ । भारतमा ओटिटी प्लेटफर्ममा मात्र रिलिज हुने फिल्म नेपालमा भने यो वर्षको अन्त्यमा ल्याउने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग मन्त्री पौडेलको आग्रह
-
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्दै सावित्री
-
सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकताः नेता निधि
-
आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क
-
तीनकुनेको घटनामा संलग्न रहेको आरोपमा दिलबहादुर श्रेष्ठ पक्राउ
-
केन्द्रीय सम्झौतामा नपरेपछि क्लासेनको अन्तर्राष्ट्रिय खेलजीवन अन्योलमा