‘डिग्री माइला’ मा यस्तो छ दयाहाङको लुक्स
बिहीबार, १२ पुस २०८०, ११ : १०

काठमाडौंँ । नयाँ वर्षमा रिलिज हुन लागेको फिल्म ‘डिग्री माइला’ । दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्ले सुष्मा प्रोडक्शनसँग सहकार्य गर्दै निर्माण गरेको हो ।
निर्माण युनिटले फिल्मको एक क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै प्रचार समेत थालेको छ । क्यारेक्टर पोस्टरमा अभिनेता दायाहाङ राई देखिएका छन् । जसमा उनको गेटअप अहिलेसम्मकै भिन्न छ । पोष्टरमा उनी गम्भिर र सोचमग्न रुपमा देखिएका छन् ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङको अलवा आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ । फिल्मको केही छायांकन भने अझै बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट
-
शिक्षकहरूको आन्दोलन र वार्ता सँगसँगै, प्रदर्शनका तस्बिरहरू
-
दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता किताबमा ३ मुद्दा दर्ता
-
धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने
-
उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रवाहमा अलग गर्न आयोगको सुझाव
-
शिक्षकहरू आन्दोलन गर्न काठमाडौँ आउनु दलहरूका लागि लज्जाको विषय : गगन थापा (भिडियोसहित)