मध्य प्रदेश : ट्रकसँग ठोक्किएर बसमा आगलागी, १३ जनाको मृत्यु

गुना । मध्य प्रदेशको गुनामा बुधबार साँझ डम्पर ट्रकसँग ठोक्किएर बसमा आगलागी भएको छ । घटनामा बसमा सवार १२ जनाको जलेर मृत्यु भएको छ ।
सोही क्रममा डम्पर चालकको पनि मृत्यु भएको छ । यसरी यस दुर्घटनामा कूल १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा कम्तीमा १६ जना जलेर घाइते भएका छन् । उनीहरुलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । बुधबार साँझ करिब ८ः३० बजे दुर्घटना भएको हो ।
राति अबेरसम्म पूरै कर्मचारी घटनास्थलमा पुगेर बसको भग्नावशेष हटाउने र अन्य यात्रुलाई उद्धार गर्ने काम गरेका थिए । घटना जिल्ला सदरमुकामबाट सात किलोमिटर टाढा रहेको घूम उपत्यकामा भएको हो । टोलीहरु हाल अनुसन्धानमा व्यस्त रहेको अधिकारीहरुले बताएका छन् ।
मुख्यमन्त्री डा मोहन यादवले छानबिनको आदेश दिँदै आगामी दिनमा यस्तो घटना नदोहोरियोस् भन्ने सुनिश्चित गर्न अधिकारीहरूलाई आग्रह गरेका छन् । मृतकका आफन्तलाई चार लाख र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउन निर्देशन समेत दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा कर्मचारी सरुवा गर्दा मुख्यमन्त्री सचिवालयले लुट प्रणाली अपनाएको आरोप
-
ला मासियाबाट निखारिएका यी १६ वर्षीय मिडफिल्डरमाथि चर्चित क्लबहरुको आँखा
-
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
-
तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई रिहा गर्ने तयारी
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
शिक्षकहरूले नयाँ बानेश्वर सडक ढाक्दा सर्वसाधारणलाई सास्ती, तस्बिरहरू