वकिलले ‘पितृसत्तात्मक अदालत’ भनेपछि न्यायाधीशले सम्झाए मर्यादा, वकिलले मागिन् माफी

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको कसुरमा दायर मुद्दामाथि सुनुवाइ भइरहेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा भइरहेको सुनुवाइमा बुधबार जाहेरवालीको तर्फबाट अधिवक्ता शान्ति रिसालले बहस गर्ने क्रममा पितृसत्तात्मक अदालत भनेपछि न्यायाधीशले मर्यादा सम्झाउँदै अधिवक्तालाई शब्द फिर्ता लिन लगाएका छन् ।
गत आइतबारदेखि जारी सुनुवाइमा सुरुवातमा सरकारी वकिलहरू जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए । त्यसपछि हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बुधबार जाहेरवालीका तर्फबाट ल्याक नेपाल लगायतका संघसंस्थाका कानुन व्यवसायी र स्वतन्त्र अधिवक्ताहरुले बहस गरेका छन् । बुधबार अधिवक्ताहरू आस्मा आचार्य, नारायण चौलागाई, शशी अधिकारी, शान्ति रिसाल काफ्ले, मोहना अन्सारी, अञ्जना अर्याल, प्रतिमा खरेल र ल्याक नेपालकी कार्यकारी निर्देशक अनिता न्यौपाने थपलियाले बहस गरेका थिए ।
बुधबार बहसका क्रममा अधिवक्ता शान्ति रिसाल काफ्लेले अदालत र इजलास पितृसत्तात्मक बनेको आरोप लगाएकी थिइन् । वादीका तर्फबाट बहस गर्ने अधिवक्ता शान्ति रिसालको शब्दप्रति प्रतिवादीका कानुन व्यवसायीले आपत्ति जनाएका थिए । सोही क्रममा न्यायाधीश शिशिरराज ढकालले पनि अदालत र इजलासको मर्यादाका सम्बन्धमा अधिवक्ताको ध्यानाकर्षण गराएका थिए ।
इजलासमा उपस्थित एक अधिवक्ताका अनुसार अधिवक्ता रिसालको आरोपलगत्तै न्यायाधीश ढकालले इजलास र अदालतको मर्यादा कायम गर्न भन्दै शब्द फिर्ता लिन निर्देशन दिएका थिए । त्यसलगत्तै अधिवक्ता रिसालले माफी माग्दै आफ्नो शब्द फिर्ता लिएको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म