क्रिष्टल प्यालेसविरुद्ध चेल्सीको कठिन जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसविरुद्ध कठिन जित निकालेको छ । एक–एक गोलको बराबरीतर्फ उन्मुख खेलमा चेल्सीले ८९ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै २–१ को नतिजा निकालेको हो ।
मिखेलो मुडरेकले १३ औँ मिनेटमा मालो गुट्सोको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा ाक्रिष्टलले बराबरी गरेको थियो ।
जाडोर्न अवेइको पासमा मिचले वलिसले गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । अन्तिमसम्म यही नतिजा रहने सम्भावना रहे पनि ८५ औँ मिनेट क्रिष्टलका खेलाडीले खराब ट्याकल गर्दा भारको सहायताले पेनाल्टी दिइएको थियो ।
८९ औँ मिनेटमा चुकुवुनोन्सो ट्रिस्टनमडुकेले गोल गर्दै अन्ततः चेल्सीलाई २–१ को जित दिलाए । जितसँगै चेल्सी प्रिमियर लिग तालिकामा २५ अङ्कका साथ दशौं स्थानमा रहेको छ । पराजित भएको क्रिष्टल भने १८ अङ्कका साथ १५ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक