राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको राख्दैछु : हर्क साम्पाङ
बुधबार, ११ पुस २०८०, २३ : १५
१

धरान । धरानका मेयर हर्क साम्पाङले कार्यालयबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउने बताएका छन् । सामाजिक सञ्जालमार्फत साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डको फोटो हटाएर बिहीबारदेखि प्रथम किराँती राजा यलम्बरको फोटो राख्ने बताएका हुन् ।
‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु, उनले भनेका छन्, ‘जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ।’
स्वतन्त्रबाट निर्वाचित उनले घरान उपमहानगरपालिकालाई केन्द्र सरकारले महत्व नदिएको बताउँदै आएका छन् । आजै उनले धरान नेपालभित्रै पर्ने भन्दै प्रधानमन्त्रीलाई कटाक्ष गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लगानी कोषका योगदानकर्तादेखि कर्मचारीलाई गङ्गालालमा छुट
-
१२ बजे, १२ समाचार : टोखामा सुटर पक्राउ गर्न प्रहरीले गोली चलायोदेखि विप्लवले कालिकोटमा गरे भेडा फार्मको उद्घाटनसम्म
-
रियल सोसिडाडलाई हराउँदै शीर्ष स्थानमा बार्सिलोनाको पुनरागमन
-
मादी गाउँपालिका स्थापना दिवसमा खुला भलिबल प्रतियोगिता
-
कालिकोटमा विप्लवले गरे भेडा फार्मको उद्घाटन
-
पाख्रिवास एमालेमा विवाद, प्रदेश अध्यक्ष खतिवडाको निर्देशन पालना भएन