बाराबाट १५ लाख रुपैयाँ बराबरका मोबाइलसहित एकजना पक्राउ
बुधबार, ११ पुस २०८०, २२ : १५

बारा । भन्सार छलेर भारतबाट नेपालमा बिक्रीका लागि ल्याएका १५ लाख रुपैयाँ बराबरका मोबाइलसहित एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
भन्सार छलेर ल्याइएका १५ लाख रुपैयाँ बराबरका विभिन्न कम्पनीका ५१ थान मोबाइल र चार्जरसहित प्रहरीले बारागढी गाउँपालिका–३ खोपवाका रुपन भन्ने रूपनारायण चौधरीलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा बुधबार राति ८ बजेको समयमा प्रहरीले चौधरीको घरमा छापामारी गर्दा विभिन्न कम्पनीका ५१ थान मोबाइल, ४८ थान चार्जर र ९ थान ब्याट्री बरामद गरेको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
प्रहरी प्रमुख काफ्लेकाअनुसार मोबाइलसहित पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय बारामा नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि बढ्यो सुनको मूल्य, तोलामा कतिमा हुँदैछ कारोबार ?
-
प्रादेशिक अस्पतालबाट निजी अस्पतालमा पठाइएका बिरामीको मृत्यु, घटनाको छानबिन गर्न माग
-
हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो : प्रचण्ड
-
सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ
-
चम्किला ज्याकेट लगाएका मान्छेको सडकमा आतंक
-
माछापुच्छ्रेमा क्रसरले तिरेनन् ४९ करोड, पालिकामा रेकर्ड न राजश्व