गौशालाबाट २ वर्षीया बालिका बेपत्ता, अपहरण भएको आशंका
बुधबार, ११ पुस २०८०, २० : ४५
काठमाडौँ । काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिर नजिकबाट बालिका हराएकी छन् । काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ बालिका हराएकी हुन् ।
बालिकाका अभिभावक मन्दिरको गेटमा चिया पसल चलाउँछन् । पीडित परिवारले चिया खान आएकाहरुले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) कुमोध ढुंगेलले बालिकाको खोजी भइरहेको बताए । रातोपाटीसँग ढुंगेलले भने–‘हराएकी बालिकाको खोजी हुँदै छ ।’
चिया खान आउने ग्राहकले बालिकालाई अपहरण गरेको आशंका गरिएको छ । बालिकाको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ
-
इस्टरमा युद्धविराम गर्न रुसलाई ट्रम्पले दिएका थिए दबाब ?
-
तीनकुने घटनामा संलग्न थप १ जना पक्राउ
-
रिहा भएपछि धवल शमशेरले के भने ?
-
थियटरपछि फिल्ममा समापिका
-
शिक्षकहरुलाई प्रधानमन्त्रीले भने - देशको ढुकुटीले धान्न सक्ने र सम्भव मागलाई सम्बोधन गर्छौँ, विद्यालय फर्कनुस्