एनसेलको सेयर खरिद बिक्री प्रकरणमा सूचना प्रविधि समितिले छलफल गर्ने

काठमाडौँ । एनसेलको सेयर खरिद बिक्री प्रकरणमा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समेत छलफल गर्ने भएको छ । त्यसका लागि भोली (बिहीबार) समितिको बैठक बोलाएको छ । समितिले उक्त प्रकरणलाई बेवास्ता गर्दै आएको आरोप लागिरहेका बेला बैठक बोलाइएको हो ।
समिति सभापति भानुभक्त जोशीले यसअघिको बैठकमा उक्त प्रकरणमा बेवास्ता गरेको भन्दै आलोचना भएको बताएका थिए । त्यही आधारमा समिति सदस्यहरूले उक्त विषयमा छलफल गर्नुपर्ने धारणा राखेका थिए । सोही आधारमा समितिले बैठक बोलाएको हो ।
यो विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले अनुसन्धान गरिरहेको छ । त्यस्तै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले समेत विभिन्न निर्णयहरू गरेको छ । पुस ३ गते बसेको समितिको बैठकले मलेसियन कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री गरेको प्रकरणमा सरकारलाई आवश्यक निर्देशन दिँदै ६ बुँदे निर्णय गरेको थियो ।
यो विषयमा अनुसन्धान गर्न सरकारले टंकमणी शर्मा दंगालको संयोजकत्वमा अध्ययन तथा छानबिन समिति गठन गरेको थियो । सुशासन समितिले प्रचलित कानुन बमोजिम राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कर–गैरकर रकम एनसेलबाट असुल उपर गर्न सरकारलाई निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण
-
विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई
-
फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्यो आर्सनल
-
बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म