डेडिकेटेड र ट्रङ्कलाइन विवाद समाधानका लागि राजनीतिक नेतृत्वसँग उद्योगीको भेटघाट

काठमाडौँ । नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रङ्कलाइन विवादका विषयमा राजनीतिक भेटघाट बढाएका छन् । उद्योगीले शीर्ष दलका राजनीतिक नेतासँग भेटघाट बढाएका हुन् ।
परिसंघ टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । परिसंघ उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरूले राजनीतिक दलका नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
मंगलबार एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेको उद्योगीले आज बुधवार बिहान भएको कांग्रेस सभापति देउवासँग भेटघाट गरेका हुन् । सो भेटमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले कानुनी व्यवस्था अनुरूप विवाद समाधान हुनुपर्ने बताए ।
‘कानुनी व्यवस्था अनुरूप हुनुपर्छ, सबैले कानुनको पालना गर्नुपर्छ । यो विवाद बढाउने नभई समाधान गर्नेतर्फ आफूहरूले पनि सरकारको ध्यानाकर्षण गराउने’ आश्वासन दिएको मोरले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबिच प्रतिस्पर्धा
-
सरकारले काम नगरेपछि व्यवस्थाप्रति गुनासो बढेको हो - पूर्वमन्त्री ज्वाला
-
भारतीय दूतावासमा पहलगाम आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा
-
स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन : राष्ट्रपति पौडेल
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष