आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

रोयल इन्फिल्डको तीन नयाँ मोटरसाइकल सार्वजनिक (तस्बिरहरु)

बुधबार, ११ पुस २०८०, १६ : ४७
बुधबार, ११ पुस २०८०

काठमाडौँ । रोयल इन्फिल्डको तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले नक्सालस्थित रोयल इन्फिल्ड शोरुममा आयोजित कार्यक्रमका बीच ३५० सीसी क्षमताको उक्त मोटरसाइकल सार्वजनिक गरेको हो । 

उक्त मोटरसाइकल त्रिवेणी ग्रुपका निर्देशक सुबाष चन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधी नेपाल बजार प्रमुख अभिषेक सुक्लाले Meteor Fireball, Meteor Stellar र Meteor Supernova सार्वजनिक गरेका हुन् ।

Meteor मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको छ । यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, Electronic Fuel Injection (EFI) रहेको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ ब्रेकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ भने डुअल डिस्कब्रेक दिएइएको छ l
 यी सबै मोटरसाइकलहरुमा १५ लिटरको फ्युल ट्यांक क्षमता रहेको छ भने प्रति लिटर औषत ४० कि.मि. माइलेज दिने जनाइएको छ l इजी क्रुजिईग डिजाइनमा रहेको यी मोटरसाइकलमा १४०० mm व्हीलबेस, ७६५ mm सिटको उचाई, ट्विन डाउनटुव स्पाइन फ्रेम, आगाडी - चौडा टुबलेस टायर्र (१००/९० – १९’’ – ५७ P ), पछाडी - चौडा टुबलेस टायर्र (१४०/७० – १७’’ – ६६P)  जस्ता फिचरहरू पाउन सकिने कम्पनीको भनाइ छ।
Meteor Fireball ३५०cc – पहेंलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध छन्, त्यस्तै Meteor Stellar ३५०cc – कालो, निलो र रातो रंगमा उपलब्ध छन् र Meteor Supernova ३५०cc – खैरो, निलो र रातो रंगमा रोयल इन्फिल्डका १८ बाटै सोरुममा उपलब्ध छन् l 

कम्पनीले Meteor Fireball ३५०cc को मूल्य पाँच लाख पचास हजार रुपैयाँ (५५०,०००), Meteor Stellar ३५०cc   को मूल्य पाच लाख पचपन्न हजार रुपैयाँ (५५५,०००) र Meteor Supernova३५०cc – को मूल्य पाच लाख पैसठी हजार (५६५,०००) तोकेको छ । सबै भेरियन्टको बुकिङ समेत खुलिसकेको कम्पनीले जनाएको छ ।

ROYAL ENFIELD- NEPAL PHOTO LIBRARY2ROYAL ENFIELD- NEPAL PHOTO LIBRARY3ROYAL ENFIELD- NEPAL PHOTO LIBRARY4ROYAL ENFIELD- NEPAL PHOTO LIBRARY5ROYAL ENFIELD- NEPAL PHOTO LIBRARY6ROYAL ENFIELD- NEPAL PHOTO LIBRARY7ROYAL ENFIELD- NEPAL PHOTO LIBRARY8
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप