न्युजिल्याण्डमा बंगलादेशको ऐतिहास जीत

नेपियर । बंगलादेशले न्युजिल्याण्डलाई पहिलो टी–२० खेलमा ५ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डलाई कुनै पनि टी–२० अन्तर्राष्ट्रिय खेलमा उसैको घरेलु मैदानमा बंगलादेशले हराएको यो पहिलो अवसर हो ।
न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य बंगलादेशले ८ बल अगावै ५ विकेट क्षतिमा पछ्यायो । ओपनर लिटन दासले ३६ बलमा ४२ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्याए । सोम्य सरकारले २२ तथा कप्तान नजमुल होसेन सान्तो, मेहदी हसन र तोहिद हृदोयले १९–१९ रनको योगदान दिए ।
यसअघि पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रनको मध्यम स्कोर खडा गरेको थियो । न्युजिल्याण्डलाई रोक्न शोरिफुल इस्लामले ३ तथा मेहदी हसन र मुस्तफिजुर रहमानले २–२ विकेट लिए ।
न्युजिल्याण्डका लागि जेम्स निसमले ४८ रन तथा कप्तान मिचेल स्यान्टनरले २३ रन बनाए । मार्क च्यापम्यानले १९ तथा एडम मिल्नेले १६ रनको योगदान दिए । तीन खेलको शृङ्खलाको दोस्रो खेल शुक्रबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला