बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

चौथो जित हात पार्ने क्रममा पुलिसले भारतीय क्लब वन्डरर्सलाई हरायो

बुधबार, ११ पुस २०८०, १६ : १५
बुधबार, ११ पुस २०८०

काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले भारतको वन्डरर्स क्लब नोयडालाई ६ विकेटले पराजित गरेको छ ।

पाँच खेल खेलेको पुलिस क्लबको यो चौथो जित हो । एक खेलमा भने पुलिस क्लब पराजित भएको थियो । पाँच खेल खेलेको वन्डरर्स क्लबको भने यो तेस्रो हार हो । वन्डरर्स क्लबले दुई खेलमा जित हासिल गरेको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको वन्डरर्स क्लबले निर्धारित ओभरमा ६ विकेट गुमाएर ८५ रन बनाएको थियो । मध्यम विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबले भने १२.२ ओभरमै केवल चार विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

पहिले ब्याटिङ गरेको वान्डरर्स क्लबका लागि तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । हर्षित सेठीले ३५, उजैर मलिकले १३ र तरुण बिष्टले अविजित १५ रन बनाए । पुलिस क्लबका बलर ललित राजवंशी र रासिद खानले दुई–दुई तथा शेर मल्ल र सागर ढकालले पनि एक–एक विकेट हात पारे ।

जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबका लागि रासिद खानले ३१ रनको योगदान गरे । उनले २५ बलमा तीन छक्का र दुई चौका पनि हिर्काए । शंकर राणाले अविजित ३८ रन बनाए । उनले २३ बलमा चार छक्का र दुई चौका हिर्काए । वान्डरर्सका बलर सञ्जिव चतुर्वेदीले दुई विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप