लेखा समिति बैठक
टेरामक्स कार्यान्वयन रोक्न लेखा समितिको निर्देशन
बुधबार, ११ पुस २०८०, १५ : १०

काठमाडौँ । टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) कार्यान्वयन प्रक्रिया रोक्न लेखा समितिले निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई टेरामक्स खरिद प्रक्रियासँगै कार्यान्वयन र जडान प्रक्रिया समेत रोक्न निर्देशन दिएको हो ।
समितिका सभापति ऋषिकेश पोखरेलले बैठकको निर्णय सुनाउँदै विवादित विषयमा सुक्ष्म अनुसन्धान नगरेसम्म टेरामक्ससम्बन्धी सम्पूर्ण प्रक्रिया यथास्थितीमा राख्न निर्देशन दिएका हुन् ।
सभापति पोखरेलले टेरामक्ससम्बन्धी विवादित रुपमा रहेको र नसुल्झिएका १४ विषय सुक्ष्मरुपमा विश्लेषण तथा अनुसन्धान नभएसम्म रोक्न निर्देशन दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको अभियानमा लागेको भन्दै एमाले सुदूरपश्चिमका नेता कुँवर निष्कासित
-
चीनमा राँगाभैँसीको मासु निर्यात, के छ तयारी ?
-
रिहा भएलगत्तै भारत जाने तयारीमा राप्रपाका महामन्त्री राणा
-
जोगबुढा नदीमा ‘गेज मिटर’ राख्न अध्ययन गरिँदै
-
कसले खानै हुन्न फर्सीका बियाँ ?
-
बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु